बजार

दैनिक नयाँ रेकर्ड कायम गर्दै सुनको मूल्य – एक सातामै ३ हजार ३ सयले बढ्यो

सुनको मूल्य लगातार बढेर दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ। फागुन २३ गते शुक्रबार पनि सुन तोलामा १ हजार ८०० रुपैयाँले बढेर ८२ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार तोलामा २०० रुपैयाँले बढेर ८० हजार ७०० रुपैयाँ कायम भएको छापावाला सुनको भाउ बिहीबार फेरी बढेको हो।  यस दिन तेजाबी सुन भने […]

बैंक तथा बिमा

नेपाल पूनर्बीमा कम्पनीको डेढ अर्बभन्दा बढीको आईपीओ बजारमा – चैत ४ गतेदेखि भर्ना सकिने

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले चैत ४ गतेदेखि डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले कुल पूँजी १० अर्बको १६ प्रतिशतले हुन आउने पूँजी १ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशनका लागि शुक्रबार आह्वान पत्र प्रकाशित गरेको […]

बजार

शेयर कारोबारको समय बढाउने विषयमा बोर्डले माग्यो नेप्सेसँग राय

शेयर कारोबार हुने समय बढाउनका लागि धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जसँग राय माग गरेको छ । बोर्डले हाल भईरहेको कारोबार समयमा एक घण्टा बढाउँदा बजारमा पर्न सक्ने प्रभावको बारेमा नेप्सेसँग राय मागेकाे हो । यस विषयमा नेप्सेले व्यवस्थापन र सञ्चालक समितिमा छलफल गरेपछि मात्र बोर्डलाई राय सुझाव दिने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । बोर्डले […]

राजनीति

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार

१८ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभामा जुत्ता प्रहार भएको छ । यद्यपि उनलाई लागेन । नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनीमाथि दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ […]