अर्थतन्त्र पर्यटन

बहु प्रतिक्षित क्रुजसीप फागुनदेखि नारायणी नदीमा चल्ने, अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने

नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज)सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण शुरुआत भएको थियो ।क्रुजसीप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान […]

अर्थतन्त्र

पाम आयलकाे निर्यात छ महिनामा १३ अर्ब ८९ करोडकाे,

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको ब्यापार घाटा सुधारिँदै गएको देखिएको पनि बैदेशिक ब्यापार पनि घट्दो क्रममा देखिएको छ। नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात ६ महिनामा साढे ७ खर्ब रुपैयाँभन्दा धेरैको बैदेशिक ब्यापार गरेको छ यद्यपि गत वर्षको तुलनामा भने वैदेशिक ब्यापार घटेको छ। गत वर्षको पहिलो त्रैमासमा ७ खर्ब ६९ अर्ब रुपैयाँ […]

अर्थतन्त्र

सुनको मूल्य बढ्नेक्रम जारी ,

सुनको मूल्य बढ्ने क्रमजारी रहेको छ ।बिहीबार २०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार पनि बढेको छ। शुक्रबार सुनको मूल्य २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७५ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ७४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदीको मूल्य भने स्थीर रहेको छ। यसदिन चाँदी अघिल्लो […]

अर्थतन्त्र पर्यटन

एनसेलको नया अफर पर्यटकका लागि ‘टुरिष्ट सिम’

विश्वका विभिन्न देशहरूबाट नेपाल भ्रमणमा आउने पर्यटकले एनसेलको नयाँ योजना ‘टुरिष्ट सिम’ मार्फत कम्पनीको सेवाबाट फाइदा लिन सक्ने भएका छन् । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा ल्याएको योे योजना माघ ८ बाट संचालनमा आउने एनसेलले जनाएकाे छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशीले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल […]

अर्थतन्त्र

अर्थतन्त्र निरन्तर सुदृढ र स्थायी मार्गमा अघि बढ्दै गरेको अर्थमन्त्रीको दाबी

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको अर्थतन्त्र सुदृढ, सरल र स्थायी मार्गमा अघि बढिरहेको बताएका छन् । कृषि विकास बैंक लिमिटेडको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको अर्थतन्त्र गौरव गर्न लायक राम्रो बाटोमा रहेको बताए । मुलुकको आर्थिक वृद्धि ६ देखि ८ प्रतिशतको बीचमा हुने उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले भने,“अर्थतन्त्र भनेको जहिले पनि […]

अर्थतन्त्र

कच्चा तेलको मूल्यमा उच्च वृद्धि

अमेरिका–ईरानका बीच जारी तनावग्रस्त अवस्थाका कारण शुक्रबार विश्व बजारमा कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ । ईरानको बग्दाद हवाई अड्डामा अमेरिकी सेनाद्धारा गरिएको मिसाइल आक्रमणमा ईरानका उच्च कमाण्डर मारिएसँगै यसको प्रत्यक्ष असर कच्चा तेलको मूल्यमा पर्न गएको बताइएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै यसको प्रत्यक्ष असर विश्व बजारको तेल कम्पनीहरुमा […]

अर्थतन्त्र विविध

रसुवागढी टोखा सुरुङमार्गको अध्ययन गर्दै चिनियाँ टोली

१६ पुस, काठमाडौं । काठमाडौंलाई चीनको नाका रसुवागढीसँग जोड्ने गरी सुरुङमार्गको प्रारम्भिक अध्ययन सुरु भएको छ । चीनबाट सुरुङमार्ग विज्ञसहितको प्राविधिक टोली नेपाल आएर अध्ययन थालेको हो ।टोलीले प्रस्तावित टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) खण्डको प्रारम्भिक अध्ययन गर्नेछ । टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटरको सुरुङमार्गको प्रस्ताव गरिएको छ । तर, बेत्रावती–रसुवागढी […]

अर्थतन्त्र

नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा माथि जाँदैन: अर्थविद

१६ पुस, काठमाडौं । अर्थविदहरुले चालू आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ७ प्रतिशतमा सीमित हुने बताएका छन् । संसदको अर्थ समितिले बुधबार अर्थतन्त्रको वर्तमान प्रवृत्तिबारे गरेको छलफलमा अर्थविदले सरकारको अहिलेकै बजेट खर्च गर्ने प्रवृत्तिले आर्थिक वृद्धिदरमा सहयोग नगर्ने बताए । छलफलका क्रममा अधिकांश अर्थविदले ६ महिनामा १० प्रतिशत पुँजीगत खर्चले ८ प्रतिशतको आर्थिक वृद्धिदर […]

अर्थतन्त्र

एनसेलले किस्ताको रुपमा पूँजीगत लाभकरको ४ अर्ब ५० करोड कर सरकारलाई बुझायो

१५ पुस, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पूँजीगत लाभकरको ४ अर्ब ५० करोड कर सरकारलाई बुझायो छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो । तर एनसेलले आगामी ६ महिनाभित्र […]

अर्थतन्त्र

राष्ट्र बैंक द्वारा पुस भित्र सम्पति शुद्धीकरण-जोखिम मूल्याङ्कन प्रतिवेदन बुझाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सम्पति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था बमोजिमको संस्थागत तथा क्षेत्रगत जोखिम मुल्याङन सम्बन्धी प्रतिवेदन पुस महिना भित्र बुझाउन निर्देशन दिएको छ। जोखिम मुल्याङनको आधारमा आवश्यक नीति तथा कार्यविधि तर्जुमा गरी समग्र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कार्यप्रणाली व्यवस्थीत गर्ने, जोखिम सापेक्ष ग्राहक पहिचान, अनुमगन, शंकास्पद कारोबार पहिचान प्रणालीको व्यवस्था गर्न, […]