अर्थतन्त्र

करिब तीन अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्रीमा ल्याएको छ। बैंकले असोज १३ गते सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलहरू ९१ र १८२ दिन अवधिका छन्। ९१ दिनको १० करोड रुपैयाँ ट्रेजरी पुस १५ गते परिपक्व हुनेछ भने १८२ दिनको ३ अर्ब रुपैयाँ चैत १८ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ।

यस अघि बेंकले असोज ६ गते १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीमा ल्याएको थियो । बैंकले ९१ दिनको ४ अर्ब ३ करोड रुपैयाँ, १८२ दिनको ४ अर्ब ३० करोड रुपैयाँ र एक वर्ष अवधिको लागि दुई अर्बको रुपैयाँ ट्रेजरी बिल बिक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *