अर्थतन्त्र

नेपालको अर्थतन्त्रमा ६.३ प्रतिशतको विस्तार हुने एशियाली विकास बैंकको अनुमान


एशियाली विकास बैंक (एडिबि) ले नेपालको अर्थतन्त्र सन् २०२० मा ६.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ।शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा सार्वजनिक खर्चमा वृद्धि, अनुकुल मौसम, ठूला परियोजनामा लगानी र पर्यटक आगमनमा वृद्धि भएमा नेपालको अर्थतन्त्र सोचे भन्दा बढीले विस्तार हुने एडीबीको प्रक्षेपण छ ।

एडीबीको नेपाल इकनोमिक अपडेटमा नेपालमा तीन तहको सरकारले गर्ने खर्चमा वृद्धि, निजी लगानीको विस्तार तथा सार्वजनिक खर्चको सहि परिचालनले नेपालको अर्थतन्त्र अझै विस्तार हुने आंकलन गरेको हो ।

बाढी पहिरोका कारण धान बालीमा क्षति पुगेकाले कृषि क्षेत्रको बृद्धिदर सुस्त भएपनि उद्योग क्षेत्रमा बिजुली आपूर्तिमा हुने सुधारले पूर्वाधारमा फड्को मार्ने बैंकको विश्वास छ। यस वर्ष नेपालको औद्योगिक विस्तार ७.९ प्रतिशत तथा सेवा क्षेत्र ६.९ प्रतिशत विस्तार हुने अनुमान एडिबिको छ ।

गत वर्ष ७.१ प्रतिशत आर्थिक विस्तार भएको अनुमान गरेको नेपाल सरकारले चालु आर्थिक वर्ष ८.५ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ ।

एडीबीले आर्थिक वृद्धिदरसँगै मूल्य वृद्धि पनि बढ्ने प्रक्षेपण गरेको छ । गत वर्षमा ४.६ प्रतिशत मूल्य वृद्धि भएकोमा सन् २०२० मा बढेर ५.५ प्रतिशत पुग्ने उल्लेख छ । भारतमा देखिएको मूल्यवृद्धिको असरले पनि नेपालमा प्रभाव पर्ने उसको आंकलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *