बजार

दशैँ नजिक आउदै गर्दा सुन चाँदी दुबैको भाउ घट्दै,


सुनको मूल्य असोज १२ गते आइतबार पनि घटेको छ। अघिल्लो दिन तोलामा दुई सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार थप घटेको हो।शुक्रबार छापावाला सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै दशैं, तिहार तथा छठ लगायत पर्वका लागि बहुमूल्य धातु जोड्नेहरुका लागि भने सुनचाँदीको मूल्यमा पछिल्लो समय देखिएको गिरावटले राहत मिलेको छ। यसबीचमा भदौ १८ गते ७३ हजार ५०० रुपैयाँसम्म मूल्य पुगेको सुनको भाउ घटेर तीन हजार ३०० रुपैयाँमा झरिसकेको छ।आइतबार सुनसंगै चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबारबार चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य गत बिहिबार देखि लगातार घटिरहेको छ। बिहीबार सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको थियो भने शुक्रबार तोलामा २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।चाडपर्वकै वेलामा सुन चाँदीको भाउ घट्दा कारोबार भने बढ्न सक्ने व्यवसायीहरु बताउँछन्।

सुनको मूल्य भदौ १८ गते हालसम्मकै उच्च मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close