खेलकुद

स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा साविक विजेता बार्सिलोना फेरी जित हसिलगरेको छ


बार्सिलोना : स्पेनिस ला लिगा अन्तर्गत मंगलबारको खेलमा साविक विजेता बार्सिलोनाले जित निकालेको छ। भिल्लारियललाई २-१ ले हराउँदै सिजनको ६ खेल खेल्दा तेस्रो जित हात पारेको छ। बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा तीनै गोल पहिलो हाफमा भएको थियो।

बार्सिलोनाका लागि छैटौं मिनेटमा ग्रिजम्यानले पहिलो गोल गरेका थिए। मिडफिल्डर अर्थर रामोस मेलोले १५औं मिनेटमा गोल गरी टोलीलाई २–० को अग्रता दिलाए। भिल्लारियलका लागि ४४औं मिनेटमा सान्टी काजोर्लाले गोल गरे। सुरुदेखि नै मैदानमा उत्रिएका मेसीले ग्रिजम्यानलाई गोलका लागि पास उपलब्ध गराएका थिए। चोटका कारण उनी दोस्रो हाफमा मैदानमा उत्रिन सकेनन्। ७८औं मिनेटमा स्वारेज बाहिरिएर अन्सु फाती मैदान छिरेका थिए।

खेलमा बार्सिलोनाले दबाब बनाए पनि भिल्लारियलले पनि बार्सिलोनाको पोस्टमा निकै पटक आक्रमण गरेको थियो । जितपछि ६ खेलबाट १० अंक बनाएको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ। मंगलबारको खेलमा रियल भाल्लाडोलिडसँग १–१ को बराबरी खेलेको ग्रानाडा ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

यसअघिका ५ खेल खेल्दा २ मा जित २ मा हार र एकमा बराबरी खेलेको बार्सिलोना शीर्षको होडमा निकै पछि परेको थियो। मंगलबारको जितले बार्सिलोनालाई राहत मिलेको छ ।
समान अंकरहेका रियल सोसिडाड, सेभिल्ला र एथ्लेटिको मड्रिडले एक खेल कम खेलेकाले समान खेल खेल्दा बार्सिलोना पुन पछि पर्ने देखिन्छ ।

चोटकाका सिजनका कारण केही खेलपछि मात्रै टोलीमा फर्किएका कप्तानसमेत रहेका मेसी पुन घाइते हुँदा बार्सिलोनाका लागि चिन्ताको विषय बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *