काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का बिदेश विभागका प्रमुख सोङ ताओ बुधबार स्वदेश फर्किएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्कुल बिभाग र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को बिदेश बिभागको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित दुई दिने सि जिनपिङ विचाधाराबारे छलफल कार्यक्रममा सहभागी ताओ नेतृत्वको टोली स्वदेश फर्किएको नेकपा बिदेश बिभागका उपप्रमुख बिष्णु रिजालले बताए ।
सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका हुन् । ताओ नेतृत्वमा सीपीसीका १४ जना नेता काठमाडौं आएका थिए ।
नेकपा स्थायी समिति सदस्य तथा स्कुल बिभागका उपप्रमुख देवेन्द्र पौडेलले आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन हुने कल्पना पनि गर्न नसकिने स्पष्ट पारेका छन् ।पौडेलले नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर अनावश्यक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।
उनले भने, ‘नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन होईन, हुने छैन् र हुने कल्पना पनि गर्न सकिँदैन् । पञ्चशिल, असंलग्नता र राष्ट्रसंघको वडापत्रप्रति हामी प्रतिबद्ध छौं ।’
पौडेलले नेकपाको केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनमा काठमाडौँमा मंगलबार सम्पन्न भएको सी जिनफिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल आ–आफ्नो अभ्यास, अनुभव साटासाट गरेर एकअर्काबाट सिक्नका लागि कार्यक्रम गरिएको स्पष्ट पारे ।
विचारधारात्मक छलफलको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुले चाहिनेभन्दा धेरै हल्ला गरेको टिप्पणी गरे ।
उनले भने ‘साथीहरुले यो विषयमा यति धेरै हल्ला गरेर यस्तो मानसिकता बनाउनुहोला भन्ने लागेको थिएन । हामी तीन दिन छलफलमा सहभागी भयौं । विकास, संस्कृति र प्रविधिबारे धेरै कुरा सिक्ने अवसर मिल्यो । यो एकदमै राम्रो भयो ।’
नेकपालाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठन भयो भनेर हौवा र संकेत गर्नु नै गलत भएको उनको भनाई छ । उनले भने, ‘चिनियाँ मित्रहरुले भातृसंगठनको कुरै गर्नुभएको छैन् । सि जिनपिङको विचार तिमीहरुले मान्नुपर्छ भनेर उहाँहरुले एक रौं पनि भन्नुभएको छैन् । बरु, हामी कम्युनिष्टले बेलायत संसदीय अभ्यास पढेका छौं ।
सोही प्रणाली ८० प्रतिशत लागु गरेका छौं ।’प्रेस स्वतन्त्रता, बालिक मताधिकार, शक्ति पृथकीकरणको सिद्धान्तलगायतका विषय आफूहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीले नदिएको उनको भनाई छ । उनले भने, ‘हामीले बेलायत, अमेरिका हुँदै लिएका हौं । यो त हामीले संविधानमा गरेको व्यवस्था हो ।
समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित्सहितको लोकतन्त्र छ ।’नेता पौडेलले कांग्रेसका नेताहरुलाई वेष्ट मिनिस्टरियल प्रणाली अध्ययन गर्न पनि आग्रह गरे । उनले भने, ‘तपाईहरु पश्चिमा प्रणाली अध्ययन गर्नुहोस । विपीले लेनिन पढ्नुभयो । रुस पढ्नभयो । प्रजातान्त्रिक समाजवाद उहाँले ल्याउनुभयो ।
मनमोहन अधिकारी चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा भाग लिन जानुहुन्थ्यो, नेकपाले आजमात्रै चीनसँग सम्बन्ध कायम गरेको होईन । कांग्रेसको पनि मित्रराष्ट्रसँग जहिल्यैपनि सम्बन्ध छ ।’ उनले रेडिमेड सिद्धान्तमा राखेर केही पनि कुरा बुझ्न नहुने धारणा राखे । उनले भने, ‘हामी संसदीय प्रणालीको अधारभुत कुरा मान्न तयार छौं । आजको चीन बुझ्नको लागि हामीले छलफल गरेको हो ।’
चिनियाँ राष्ट्रपति सि जिनपिङको हुन लागेको नेपाल भ्रमण कतै नहोस भन्ने चाहेर हालै काठमाडौंमा भएको विचारधारात्मक छलफलको विरोध भएको त होईन भन्नेपनि उनले प्रश्न उठाए । उनले भने, ‘हामीले कुरै नबुझी विरोध गर्नुहुँदैन् । मोदीको विकास हामी कम्युनिष्टले सिक्नुपर्छ । चीन राज्यले गरेको प्रगति, सबैले पढ्नुपर्छ । आजको युग भनेको प्रतिष्पर्धाको हो, त्यसैले पूर्वाग्रह राख्नुहुँदैन् ।’
उनले आफूहरु कुनै एक देशको पक्ष राष्ट्र हुन नचाहेको पनि सुनाए । भारत र चीनसँग नयाँ आयाममा समबन्ध कायम राख्न चाहेको पनि उनले स्पष्ट पारे । उनले अघि थपे,‘भारत र चीन सिमानामा कुनै जमानामा लडाई गरेका थिए । तर, आज उनीहरुबीच खरवौंको व्यापार छ । हामी नेपालीको बुद्धि नफिर्ने ? एउटा छिमेकीसँग सम्बन्ध सुधार गर्दा अर्को प्राभोक हुन्छ भनेर बस्नुहुँदैन् । अनुभव आदानप्रदान गर्नुपर्छ । हामीले संवैधानिक व्यवस्था अपनाएका छौं । हामी यी कुराप्रति प्रतिबद्ध छौं ।’
चीनको राष्ट्रपतिको दुई दशकदेखि नेपाल भ्रमण नभएको सुनाउँदै उनको भ्रमणको सम्मुखमा अनावश्यक टिकाटिप्पणी गर्न नहुने उनको धारणा छ । उनले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त आयोनजामा भएको छलफल निकै उपयोगी र फलदायी भएको सुनाए ।
उनले भने,‘हामीबीच भएको छलफल निकै महत्वपूर्ण रह्यो । यस्तै कांग्रेसले पनि गरोस् । हामी भारतको सत्तारुढ दल बिजेपीका प्रतिनिधिसँग भेट्न तयार छौं ।
उनले चीनको विकास हामीले सिक्न जरुरी छ । उहाँहरुले सन् २०३५ सुम्म गरिबी जिरोमा ल्याउने भन्नुभएको छ । तर, छलफलमा उहाँहरुले हामीलाई यो मान, उ मान कहीँपनि भन्नुभएन ।’उनले छलफल तथा अन्तरक्रियामा चिनियाँ प्रतिनिधिहरुले आफ्नो पार्टी सबैभन्दा लोकतान्त्रिक पार्टी हो भनेको पनि सुनाए । उनले भने,‘भ्रष्टाचारीलाई कारवाही गर्दारैछन् । यो कुरा एनपी साउदले पनि सिक्नुहोस् ।
चीनले हाँसिल गरेको प्रविधिको विकासको कुरा, संस्कृतिक कुरा हामीसँग सेयर गर्नुभयो । चीनमा सबैभन्दा ठूलो शत्रु भ्रष्टाचार हो भन्नुभयो । त्यसको विरुद्धमा अहिलेपनि छौं भन्नुभयो । निकै वैचारिक कुरा सुन्न पाईयो । तर, उहाँहरुले सि जिनपिङको कुरा मान्नुपर्छ भनेर कहीँपनि भन्नुभएन् ।’
उनले दुई देशबीचको सुमधुर सम्बन्ध र राम्रो वातावरण बिर्गान नचाहिने काम र कुरा गर्न नहुने धारणा राखे । उनले बरु, नेकपा र सरकारको विरोध गर्न कांग्रेस नेतालाई सुझाए । ‘देउवाजीले त बरु नेकपा र सरकारको जमेर विरोध गर्नुभयो । प्रधानमन्त्रीको विरोध गर्नुभयो । हामीले भन्न कहीँ रोकेको छ ? हामी आजको २१ ऋौं शताब्दीमा प्रतिष्पर्धा गर्ने र विरोध गर्ने जमानामा छौं । तर, पूर्वाग्रह नराखौं ।’–पौडेलले थपे ।
त्यस्तै, उनले आगामी दिनमा जापान, चीन, अमेरिका, भारत र कोरियाले के कारणले राम्रो गरे र आर्थिक समृद्धि हाँसिल गरे भनेर अनुभव आदानप्रदान गर्नुपर्नेमा जोड दिए ।उनले भाईचारा र भातृसंगठन फरक कुरा भएको सुनाउँदै आफूहरुले कर्सी मेन्टन गर्नेगरि सम्बन्ध गर्नेलाई बढावा दिएको स्पष्ट पारे । ‘नेकपाले धेरै पहिलेदेखि भाईचाराको सम्बन्ध राख्दै आएको थियो । तत्कालिन नेकपा एमालेले पनि कायम गरेको थियो ।’ उनले भने,‘पाँच बुँदा हेर्नुहोस त त्यहाँ कुनै आयोजना वा नदी, नालाको सम्झौता छैन् । विचार आदानप्रदान गर्न पाईँदैन् ? नपढ्ने हामीले ? सुनेर थाहा पाउन नहुने ? अन्तरक्रियाबाहेक केही पनि होईन।’
छलफलमा भाग लिनुअघिसम्म पनि आफूलाई बिआरई के हो भन्ने कुरा राम्रोसँग थाहा रैनछ भन्ने भान भएको उनले सुनाए । पौडेलले भने,‘यो छलफल तथा अन्तरक्रियामा सहभागी भएपछि यसबारेमा गहिरामा थाहा भयो । गरिबि, भ्रष्टाचार, प्रविधि, सामाजिक रुपान्तरणलगायतका उहाँहरुको प्रगति सुन्नलायक छ ।
सम्बनध सुधार गर्नको लागि निम्ति धेरै आवश्यक छ ।’
उनले नेपाल भारत र चीनजस्ता महाशक्तिको बीचमा रहेको रहेको सुनाउँदै दुवैलाई नभड्काईन समुधुर र सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्ने सुनाए ।