अर्थतन्त्र समाचार

राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको हितमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने


काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आप्रवासी कामदारको हकहितको पक्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । नेपालबाट ठुलोमत्रमा वैदेशिक रोजगारीमा मानिसहरु गएको र उनीहरुको अवस्था तेती सन्तोस जनक नभएको अवस्थालाई मध्यनजर गर्दै आयोगले सम्मेलन आयोजना गर्न लागेको हो ।

२६ देखि २८ कात्तिकसम्म काठमाडौं ‘आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण’ भन्ने विषयमा सम्मेलन आयोजना गर्न लागिएको आयोगका अध्यक्ष अनुपराज शर्माले जानकारी दिए । आयोगले यसअघि सन् २६–२७ नोभेम्बर २०१२ मा समेत आप्र्रवास्री कामदारको अधिकारसम्बन्धी विषयमाअन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।

आप्रवासी कामदारहरूको अधिकार संरक्षणमा खास गरी एसिया प्रशान्त मुलुक, बाटामा पर्ने मुलुक र गन्तव्य मुलुकमा देखिएका चुनौतीका विषय सम्मेलनमा छलफल हुनेछ । आप्रवासी समस्या पछिल्लो समय विकराल देखिएको र कामदारको समस्या सुल्झाउने उपायका विषयमा विषय केन्द्रित हुने अध्यक्ष शर्माले बताए । आप्र्रवासी कामदारहरूको परिवारमा समेत मनोसामाजिक समस्या भइरहेको उनले बताए ।

नेपालबाट भारतबाहेकका देशका ३५ लाख र भारतमा अन्दाजी ५० लाख नेपालीले कामदारका रूपमा रहेका छन् । खाडीमा भन्दा बढी मानिस भारतमा छन् । भारत बाहेककालाई आप्र्रवासीका रूपमा सरकारले लिने गरे पनि भारतमा भएका नागरिकका विषयमा के हुने भन्ने विषयमा पनि छलफल जरुरी रहेको उनको भनाइ छ ।

आप्र्रवासी कामदारको समस्या र रोजगारको विषयमा आयोगले कतार र कोरियाको मानवअधिकारसम्बन्धी संघसंस्थासँग सम्झौता गरे पनि अन्य देशसँग भने सम्झौता हुन सकेको छैन । आप्र्रवासीसँग धेरै समस्या छन् । यसको प्रभाव दीर्घकालीन रूपमा पर्ने भएकाले छिट्टै हल गरिनुपर्ने आयोग अध्यक्ष शर्माले बताए । सम्मेलनमा भौतिक चुनौती मात्रै नभई मानसिक चुनौतीको विषयमा पनि छलफल हुने आयोगले जनाएको छ ।

सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका उत्पत्ति मुलुक, बाटामा पर्ने मुलुकहरू र गन्तव्य मुलुकहरूमा देखिएका चुनौती, स्वच्छ र जिम्मेवार भर्ना प्रक्रिया तथा अनियमित आप्रवासनसम्बन्धी विषय सम्मेलनमा उठाइनेछ । त्यस्तै, आप्रवासी कामदाहरूको न्यायमा पहुँच, अन्तरदेशीय आयोग, अन्तरदेशीय संस्थाहरूबीच सौहार्द संवाद, सहकार्य र सूचना आदान–प्रदानजस्ता विषय पनि सम्मेलनमा उठाइने सम्मेलन आयोजक समितिका संयोजक एवं आयोगका सदस्य सुदीप पाठकले जानकारी दिए ।

सम्मेलनमा ३० देशका २४ वटा मानवअधिकार आयोगका अध्यक्ष तथा सदस्य, अन्तर्राष्ट्रिय विज्ञहरू, सरकारका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा आप्रवासी कामदारहरूको अधिकार संरक्षणमा संलग्न रहेका अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिसहित ९० जनाभन्दा बढी व्यक्ति सहभागी हुनेछन् ।

आयोगले गर्ने उक्त सम्मेलनमा घोषणापत्र जारी सँगै कार्ययोजना पनि जारी हुने आयोगका सदस्य पाठकले जानकारी दिए । उनका अनुसार सम्मेलनमा खाडी मुलुकका साथै ३० देशका प्रतिनिधिसँग दुई दिनसम्म अन्तक्र्रिया हुनेछ ।

सम्मेलनमा मानवअधिकार आयोगका विभिन्न क्षेत्रमा सञ्जाललाई समेत सहभागी गराउन आइतबारदेखि नै औपचारिक निम्तो पठाउन थालिएको पाठकले जानकारी दिए । विशेषगरी, खाडीका देशहरूलाई अनिवार्य उपस्थितिका लागि प्राथमिकता दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *