बैंक तथा बिमा

कृषि बिकास बैंक चोरी प्रकरण : कर्मचारीकै मिलेमतोमा ४ करोड ८४ लाख ट्रान्सफर


कृषि विकास बैंकको लुट प्रकरणमा १२ जना पक्राउ परेसँगै पाँच अर्ब रुपैयाँ लुटेर विदेश लैजाने योजना विफल भएको छ। मंगलबार लहान शाखाका ब्राञ्च म्यानेजरको पासवर्ड ह्याक गरी करोडौं लुट्ने गिरोह प्रहरीको फन्दामा परेसँग अर्बौं रुपैयाँ विदेश लाने योजना विफल भएको हो।

ह्याकरहरुको समूहले सो क्रममा कृषि विकास बैंकबाट हालसम्म ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको नाममा एउटा शाखाबाट अर्को शाखामा ट्रान्सफर भएको महानगरीय अपराध महाशाखाले जनाएको छ।

त्यसमध्ये करिब ६० लाख रुपैयाँ अपराधीहरुले झिकिरहेको अवस्थामा बरामद गरिएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।
विदेशी नागरिक काले भनिने पिटर लामो समय देखि भारतको मुम्बई बसी नेपालका मानिसहरुसँग सम्पर्क गरी भारतमै बोलाई १० देखि ३५ प्रतिशतसम्म कमिशन दिने गरी विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको रकम ह्याक गर्ने गरेको अपराध महाशाखाले जनाएको छ।

नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैैक, पानस रेमिट, कैलाश विकास बैंक र नबिल बैंक लगायतको बैंक तथा वित्तीय संस्थाहरुको क्रिडेन्सियल ह्याकिङ्ग गरी रकम निकाली रहेको अवस्थामा अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले १२ जना अभियुक्तलाई पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *