समाचार

श्री एयरलाइन्सको सहारानिया काम जेष्ठ नागरिकलाई ५० प्रतिशत छुट देखि ५०० मात्र भाडा लिने घोसणा


श्री एयरलाइन्स्ले दशैं तिहार र छटको अवसरमा ८५ वर्ष पुगेका जेष्ठ नागरिकलाई पाँच सय रुपैयाँमा नै हवाइजहाजबाट यात्रा गराउने भएको छ ।

एयरलाइन्सले सोमबार विज्ञप्ति जारी गर्दै असोज १२ गते घटस्थापनाको दिनबाट ८५ वर्ष पुगेका बृद्ध बृद्धालाई ५ सय रुपैयामा र ७५ वर्ष पुगेका नागरीकलाई ५० प्रतिशत छुट दिने प्रतिवद्धता गरेको हो ।

एयरलाइन्स्को उक्त सुविधा लिनको लागि यात्रा गर्ने जेष्ठ नागरिकले आफ्नो परिचय खुल्ने नागरिकता तथा आधिकारिक परिचयपत्र पेश गनुपर्ने छ भने लिइसकेको टिकट रद्द वा परिवर्तन गर्न पाइने छैन।

एउटा उडानमा २ जना जेष्ठ नागरिकले मात्र यस्तो सुविधा पाउने छन्।

चेक इनका बेला सक्कल प्रमाणपत्र नभए अर्थात तोकिएको भन्दा कम उमेर पाइएमा उडान अनुमति नदिइने एयरलाइन्सले जनाएको छ । याे याेजना कति समय जारी रहन्छ, सूचनामा केही उल्लेख छैन ।

केही समय पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० बर्ष कटेका नागरिकहरूलाई हवाई शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए । मन्त्रीले घोषणा गरे लगत्तै बायुसेवा संचालक संघले यस्तो छुट दिन नसकिने जनाएको थियो । बायुसेवा कम्पनीसँग सल्लाह नगरी मन्त्रीले छुटको घोषणा गरेको भनेर सामाजिक सन्जालमा मन्त्रीको आलोचना समेत भएको थियो ।
श्री एअरलाइन्सले जेष्ठ नागरिकलाई छुटको घोषणा गरेपछि अन्य एअरलाइन्स पनि दवावमा आउने देखिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *