बजार बैंक तथा बिमा

इ-सेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंंकबीच online भुक्तानी सम्झौता


काठमाडौं । इ-सेवा फोन पे र नेपाल इन्भेष्टमेन्ट बैंंकबीच online भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै नेपाल इन्भेष्टमेन्ट बैंकबाट ईसेवामा रकम लोड गर्न तथा विभिन्न वस्तु तथा सेवाहरूको सहजै भुक्तानी गर्न सक्ने भएका छन् ।

ग्राहकहरूले बैंकको इन्टरनेट बैंकिङ तथा कुनैपनि शाखामार्फत सहजै ईसेवामा रकम लोड गर्न सक्ने छन् भने ईसेवा खातामा भएको रकम पनि सिधै बैंकमा जम्मा गर्न व्यवस्था गरिएको छ ।

इसेवाबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज तथा बसको टिकट, विद्यालयरक्याम्पसको शुल्क भुक्तानी, होटेल र रेष्टुरेण्टको बिल भुक्तानी लगायत विभिन्न सुविधा उपभोग गर्न सकिनेछ ।

यस सुविधाको साथै नेपाल इन्भेष्टमेन्ट बैंकका ग्राहकले ईसेवामा पैसा लोड गरी सजिलै क्युआर कोडको सुविधा पनि लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *