अन्तरास्ट्रिय

पृथ्वी एउटा ठूलो दुर्घटनाबाट जोगिएको छ

एजेज्सी ( लण्डन) एउटा ठुलो आकासीया पिण्ड पृथ्वीमा झर्ने जोखिम टरेको छ ।२००६ क्यू क्यू २३ नामक पिण्ड शनिबार पृथ्वी देखी ४.६ मिलियन माइलको दुरी बाट गुर्जेको छ ।यो दुरीलाइ अन्तरिक्षको निकै नजिकको दुरी मानिन्छ ।
अमेरीकी अन्तरिक्ष सस्था नासाका अनुसार पेरिसको आइफल टावर भन्दा ठुलो पिण्ड १० हजार ४ सय माइल प्रतिघण्टाको गतिमा अन्तरिक्षमा घुमिरहेको ,२००६ क्यु क्यु २३, थियो । भिडीयो फुटेजमा १ हजार ८ सय ६० फिट ब्यास भएको उत्त आकासीया पिण्ड पृथ्वीको नजिक हुदै गएको देखिन्छ । पृथ्वीको आसपासमा धेरै समय अगिदेखी घुमीरहे पनि यसको पहिचान सन् २००६ को अगष्ठमा मात्र भएको थियो ।
,२००६ क्यू क्यू , निकै खतुनाक भएका बैज्ञानिकहरुले जनाएकाछन् साथै पृथ्व ठुलो दुरघटनाबाट जोगिएको दावी गरेकाछ्न। नासाका अनुसार यदि उक्त पिण्ड पृथ्वीमा ठोकिएको भए कुनै परमाणु बम भन्दा ५ सय गुणा बढि बिध्वस मच्चाउने थियो । नासाका अनुसार यदि यो पिण्ड पृथ्वीको कुनै ठाउमा खसेको भए त्यसले कम्तीमा पनि एउटा शहर धोस्त पार्ने थियो , जसबाट कम्तीमा पनि १३ लाख भन्दा बडि मानिसको ज्यान जाने थियो तर यो दुरघटनाबाट हामी जोगिएको दावी बैज्ञानिकहरुले गरेकाछन् ।
आकासिया पिण्ड पृथ्विीमा ठोकिदा प्रलय भएको इतिहास छ । ६६ मिलियन बर्ष अगाडी आकाशीया पिण्ड पृथ्वीमा ठोकिदा यहा महाप्रलया आएको थियो जसबाट पृथ्वीबाट डाइनोसरहरुको लोप भएको बैज्ञानिकहरुले दावी गरेकाछन् । साथै आकासीया पिण्ड पृथ्वीमा खस्नबाट जोगीना नासाले नया प्रबिधिको बिकास गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *