अर्थतन्त्र बजार बैंक तथा बिमा

जनता बैंकले शेयरधनीहरुलाई १२ प्रतिशत लाभांश दिने


जनता बैंकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनी हरुलाई १२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज ५ गते आइतबार साँझ सम्पन्न बैठकले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरि कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंक सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।

हाल चुक्ता पूँजी ८ अर्ब ७ लाख रुपैंयाँ चुक्ता पूँजी रहेको जनता बैंकको प्रस्तावित लाभांश वितरण पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ४८ करोड रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा बैंकले ८.५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। जनता बैंकले ग्लोबल आईएमईसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *