बजार

धितोपत्र बोर्डका अध्यक्ष विरुद्ध किन पर्योअख्तियारमा उजुरी


अध्यक्ष को कार्यकाल सकिन लाग्दा नेपाल धितोपत्र बोर्डमा अध्यक्ष डा. रेवत बहादुर कार्कीमाथि आर्थिक अनियमितता गरेको आरोप लागेको छ । उनलाई करिब ६ लाख रुपैयाँको आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अख्तियारमा भदौ ३० गते सि ७४३५ नम्बरको उजुरी दर्ता भएको हाे ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले धितोपत्र बोर्डमा आर्थिक अनियमितताबारे उजुरी परेको प्रष्ट पारे । अनुसन्धानको क्रममा रहेकोले विस्तृतमा जानकारी दिन नमिल्ने काेइरालाले बताए ।

२०७४ चैत ७ गतेदेखि १४ गतेसम्म जापनको टोकियोमा भएको ‘सेमीनार अन सेक्युरीटीज मर्केट रेगुलेशन’ नामकाे सेमिनारमा अर्थमन्त्रालयको स्वीकृति नलिई गएको र फर्केपछि बोर्डबाट खर्च वापत ६ लाख रुपैयाँ लिएकोले छानविन माग गर्दै उजुरी परेको हो ।

कार्की २०७२ असोज ३० गते बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।उनकाे कार्यकाल यही असाेजमा सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *