बैंक तथा बिमा

बैंकिंग सेवामा ग्लोबल आइएमई बैंकको नया सुरुवात

नेपालबिजज़ , काठमाडौं– ग्लोबल आइएमई बैकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गर्दै साउन २६ गते आइतबारबाट बिहान ८देखि बेलुका ८ सम्म आफ्नो कान्तिपथ शाखाबाट १२ घण्टा सेवा सुचारु गरेको छ ।
आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजे देखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ ।बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ्ग सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।
यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य विदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउण्टर सेवा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *