बजार समाचार

अर्थमन्त्रीको सकारात्मक अभिव्यक्ति संगै शयेर बजारमा उछाल


अर्थमन्त्री डा युवराज खतिवडाले पूँजी बजारमा प्रवेश गर्ने अहिले उपयुक्त समय भएको बताएका छन । कर्मचारी सञ्चय कोष ५८ औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नयाँ लगानीकर्तालाई लगानी गर्ने यो उपयुक्त अवसर रहेको बताएका हुन् ।

दोस्रो बजार प्रवेशको सुवर्ण अवसर अहिले नै भएको बताउदै उनले भने, बैंकिङ्ग तथा वित्तीय संस्थाहरू नाफा बढेको छ, आर्थिक वृद्धि हुँदैछ, राजनीतिक स्थायित्व कायम छ र करको समस्या समाधान हुँदैछ । त्यसैगरी सुशासनको अवस्था सुधारिँदैछ ।

अर्थमन्त्री खतिवडाले नेपालका सार्वजनिक कोषहरुको रकम पूँजीबजारमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले दोस्रो बजारका लगानीकर्ताको मनोबल कमजोर रहेकाे स्वीकार्दै बैंक, वित्तीय संस्था तथा सार्वजनिक सस्थानहरुमा लगानी गरेर लगानीकर्ताको मनोबल उकास्ने काम गर्न सार्वजनिक कोषहरुलाइ आग्रह समेत गरे ।
नागरिक लगानी कोष जस्तै दोस्रो बजारमा लगानी गर्न सक्ने अन्य कोषहरुलाई पनि बढी क्रियाशील भएर लगानी बढाउन आह्वान गरे ।

अर्थमन्त्री खतिवडाले कर्मचारी सञ्चय कोषलाइ पूँजी बजारको दोस्रो बजारमा लगानी गर्ने कानूनी छुट छैन त्यसैले दीर्घकालीन प्रकृतिका पूर्वधार विकासमा लगानी गर्न आग्रह गरे । उनले कर्मचारी सञ्चय कोषलाई प्राथमिक बजार सुधारका लागि भविष्यमा विश्वासिलो काम गर्न समेत निर्देशन दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *