अर्थतन्त्र समाचार

पाईपलाइन उद्घाटन संगै सरकार ले पेट्रोलियम पदार्थको मूल्य घटायो

सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। भदौ २४ गते मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेर र मट्टितलेको मूल्य प्रति लिटर २/२ रुपैयाँले घटाउने निर्णय गरिएको हो।

पेट्रोलियम पाइलाइनको उद्घाटन हुनुभन्दा केहि समय पहिले आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले अमलेखगञ्जबाटै मूल्य घटाउने घोषणा गरेका हुन् ।

एलपिजी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको प्रतिलिटर १०७ रुपैयाँ र डिजेल तथा मट्टितेलको समान ९५ रुपैयाँ कायम हुनेछ।

२०७१ सालको स्वत: सञ्चालित मूल्य संरचना लागू गर्ने अनेपाल सरकार र आयल निगम सञ्चालक समितिको निर्णय पश्चात आयल निगमले पेट्रोलियम पदार्थको २५ पटक मूल्य घटाएको छ भने १८ पटक मूल्य बढ्ने गरि समायोजन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *