बजार बैंक तथा बिमा

१०% बोनसको प्रस्ताब सहित कुमारी बैंक ले साधारण सभा बोलायो


कुमारी बैंक (KBL) ले लाभांश परित गर्न १९ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंकले आर्थिक वर्ष २०७५/०७६ को लागि वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस र बोनस शेयरको कर प्रयोजनको लागि ०.५२६ प्रतिशत लाभांश पारित गर्न असोज ११ गते शनिबार साधारण सभा आह्वान गरेको हो।

असोज ११ गते बिहान ११ः३० बजे नक्साल व्याक्वेट, नक्साल काठमाडौंमा बोलाइएको साधारण सभामा लाभांशका अतिरिक्त साधारण सभामा प्रबन्धपत्र संशोधन गर्ने, आर्थिक वर्ष २०७५/०७६ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा छलफल गरी पारित गर्ने तयारी गरेको छ।

यस्तै आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने पनि तयारी गरेको छ।

साधारण सभा प्रयोजनका लागि बैंकले भदौ २९ गतेदेखि असोज ११ गतेसम्म बुक क्लोज गने जनाएको छ। त्यस अनुसार भदौ २६ गते बिहीबारसम्म कायम शेयरधनीहरुले मात्रै बैंकको लाभांश पाउनेछन्।चुक्ता पूँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको बैंकको बोनस वितरण पछि ९ अर्ब ५५ करोड पुग्नेछ।

गत आर्थिक वर्षको चौंथो त्रैमास सम्ममा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यस अवधि सम्ममा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १४.३२ गुणा बढी छ।एनआईसी एशिया बैंकले यसअघि नै असोज १० गते बैंकको २२ औं वार्षिक साधारण सभा बोलाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *