अर्थतन्त्र

अमेरिकी आर्थिक मन्दी : व्यापार युद्ध अन्त्यको सम्भावना


अमेरिकी सरकारको १० वर्षे ऋणपत्रको ब्याजदर भर्खरै अल्पकालीन ऋणको ब्याजदरभन्दा कम भएकाले अर्काे वर्ष (सन् २०२०) बाट अमेरिकामा मन्दी छाउन सक्ने डर बढेको छ । तथापि, अमेरिकाको मन्दीले चीनसँगको द्विपक्षीय आर्थिक सम्बन्ध सुधार्न र चर्किँदो व्यापार युद्ध साम्य बनाउन सहयोग भने गर्न सक्छ ।

ताजा इतिहासले पनि यसखाले पूर्वानुमानका लागि धरातल प्रदान गर्छ । सत्य के हो भने अमेरिकी मन्दीले जिडिपीको तुलनामा आयातको अनुपात ‘ट्रेड–टु–जिडिपी’ उच्च भएर माग घट्ने र त्यसबाट चीनलगायत विश्वका थुप्रै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने हुन्छ । पछिल्ला मन्दीहरूमा अमेरिका पुनर्वहालीको प्रयासस्वरूप चीनसँग सहकार्य गर्न अरू वेलाभन्दा बढी इच्छुक देखिने गरेको छ ।

पछिल्लो सन् २००८–१० कोे मन्दीको अवधिमा विश्वव्यापी माग बढाउन अमेरिका एक्लो इच्छुक प्रमुख अर्थतन्त्रका रूपमा देखिएको थियो । मन्दीको कारण आंशिक रूपले चीन र अमेरिकाबीचको सम्बन्धमा सुधार पनि भयो, साथै अमेरिकाले अन्तर्राष्ट्रिय मुद्राकोष तथा जी–२०जस्ता अन्तर्राष्ट्रिय संस्थामा चीनलाई पर्याप्त स्थान दिनुपर्छ भनेर वकालतसमेत गर्‍यो ।

त्यस्तै, सन् २००१ को मध्येमा अमेरिकी सेनाको जासुसी विमान दक्षिणी चीन सागरको आकाशमा चिनियाँ लडाकु जेटसँग जुधेपछि अमेरिका र चीनबीचको सम्बन्ध नाजुकस्तरमा पुगेको थियो । सो दुर्घटनामा चिनियाँ चालकको मृत्यु भएको थियो भने अमेरिकी चालक दललाई चीनले कब्जामा लिएको थियो । तर, सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकी अर्थतन्त्रको परिदृश्यमा अकस्मात् अँध्यारो छाउन पुग्यो र अमेरिका–चीन आर्थिक सम्बन्ध पनि सुधारियो ।

अग्रेजहरूमा जस्तो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘डिएनए’मा अन्तर्राष्ट्रिय सहकार्य छैन जस्तो छ । सन् २०१७ को अन्ततिर कंग्रेसमार्फत अघि बढाइएको आक्रामक कर कटौतीबाट अमेरिकी अर्थतन्त्र केही गर्माएको अवसर पारेर ट्रम्पले प्रभावशाली रूपले चालू व्यापार युद्ध सुरु गरेका छन् । हुन त धेरैजसो अर्थशास्त्री व्यापारिक साझेदारसँगको संघर्षले अमेरिका र विश्व अर्थतन्त्र दुवैलाई हानी गरिरहेको ठान्छन्, तर यसबाट यथार्थमा अमेरिकी अर्थतन्त्रलाई सामान्यीकरण गर्नचाहिँ सहयोग पुगिरहेको छ । चीनसम्बन्धी ट्रम्पको अडान पनि नरम हुन सक्छ, तर त्यसका लागि मन्दी आउनुपर्छ ।

दुईवटा कारणले मन्दीको सम्भावना अन्त्य हुन सक्छ : वृद्धि प्रोत्साहित गर्ने चीनको अनिच्छा वा अक्षमता । विश्वव्यापी वित्तीय संकटका कारण कमजोर बनेको निर्यातसम्बन्धी माग पुनस्र्थापित गर्न चीनका अधिकारीहरूले आक्रामक वृद्धि प्रोत्साहन सुरु गरेका कारण अहिले चीनको ‘डेब्ट–टु–जिडिपी’ (जिडिपीको तुलनामा ऋणको आकार) अनुपात एक दशकअघिको भन्दा उच्च बनेको छ । अमेरिकी मन्दीको अवसरमा विस्तारवादी वित्तीय नीति पछ्याउने चीन सरकारको सक्षमतालाई यस तथ्यले सीमित गर्ने देखिन्छ ।

प्रत्यक्ष माग शृंखलाहरूको सन्दर्भमा अमेरिकी मन्दी विश्वव्यापी अर्थतन्त्रका लागि पक्कै पनि सुसमाचार हुनेछैन । तर, यसले अमेरिका र चीनबीचको सम्बन्धमा रहेका समस्यालाई सामान्यीकरण गर्न भने सहयोग पुर्‍याउन सक्छ । यदि विश्वका यी दुई ठूला अर्थतन्त्रको सम्बन्ध सहज भयो भने सबैतिरका व्यवसाय एवं लगानीकर्ताले सन्तोषको सास फेर्न पाउनेछन् ।

त्यसो भए तापनि अन्य धेरैजसो ठूला अर्थतन्त्रको भन्दा चीनको जिडिपीमा ऋणको अनुपात अझै पनि निकै कम छ । यसले सरकारलाई आर्थिक आपत्कालमा अतिरिक्त वित्तीय प्रोत्साहन अंगाल्न केही ठाउँ रहेको दर्शाउँछ । यसबाहेक, चीनको केन्द्रीय बैंक ‘पिपुल्स बैंक अफ चाइना’ तरलता प्रवाह गर्ने मामलामा पनि निकै होसियार देखिन्छ । चीनको केन्द्रीय बैंकले वाणिज्य बैंकहरूमाथि सापेक्षिक रूपले उच्च मौज्दात अनुपात लगाउने गरेको छ । त्यसले पनि चीनसँग आवश्यक परेको खण्डमा खर्च गर्न सक्ने शक्ति रहेको दर्शाउँछ ।

अमेरिकाले सन् २०१७ बाट सुरु गरेको ‘संगठित क्षेत्रको कर कटौती’ जोखिमको दोस्रो कारक तत्व हो । यसले चीनसँग अमेरिकाको व्यापार घाटा बढाएकाले द्विपक्षीय सम्बन्ध थप बिगारेको छ ।

अमेरिकाको समग्र व्यापार घाटाले अमेरिकाको राष्ट्रिय बचत लगानीको सापेक्षता कम रहेको र आगामी दशकसम्ममा अमेरिकी सरकारको ऋण थप १ देखि २ हजार अर्ब डलर बढ्ने देखाउँछ । सन् २०१७ को कर कटौतीले पनि सरकारको बचत दर धेरै हदसम्म नकारात्मक नै बनाएको छ । कर कटौतीले अमेरिकाको व्यापार घाटा उच्च बनाउन योगदान गरेकाले राष्ट्रिय लगानीमा कमी वा निजी क्षेत्रको पर्याप्त बचत वृद्धिबाट मात्रै सुधार हुने छाँट देखिन्न । यस वर्षको समग्र व्यापार घाटा सन् २०१७ वा २०१८ को भन्दा अधिक हुने प्रक्षेपण छ । यो प्रवृत्ति निरन्तर रहनेछ ।

यसले चीनसँगको अमेरिकी व्यापार घाटा बढ्नेछ भन्ने तथ्यलाई बलियोसँग दर्शाएको छ । अमेरिकी राजनीतिकर्मीका साथै धेरैजसो सञ्चारमाध्यम पनि ट्रम्पको कर कटौती र बढ्दो व्यापार घाटाबीचको सम्बन्ध पहिचान गर्न प्रस्टैसँग असफल देखिए । उनीहरू पक्कै पनि चीनले कुनै घातक काम गरिरहेको छ भन्ठान्छन् । यसकारण, मैले चीनसँग (र अन्य थुप्रै व्यापार साझेदारसँग) अमेरिकाको व्यापार घाटा घटाउने सम्बन्धमा अमेरिकाको कर कटौती एउटा महत्वपूर्ण संरचनात्मक अवरोध हो भनेर धेरै पहिलेदेखि भनिरहेको हुँ । त्यसैले, यो विषय आगामी केही वर्षका लागि तनावको कारण बन्ने सम्भावना देखिन्छ ।

जेहोस्, अमेरिकी अर्थतन्त्र कमजोर बन्दै जाँदा आयातसम्बन्धी माग पनि खस्किँदै जाने भएकाले अमेरिकाको व्यापार घाटा (जिडिपीको हिस्साका रूपमा) सामान्यत घट्ने नै छ । त्यसैले, ट्रम्पको कर कटौतीले व्यापार घाटामा पारेको नकारात्मक प्रभावलाई आगामी आर्थिक मन्दीले केही हदसम्म कम गर्ने सम्भावना देखिन्छ ।

सबैभन्दा महत्वपूर्ण कुराचाहिँ चीन सरकारले सन् २०१८ को अन्त्यतिरबाट आक्रामक रूपले गरिरहेको कर कटौती हो । चीनले मूल्य अभिवृद्धि कर (१७ प्रतिशत बाट १६ र त्यसपछि १३ प्रतिशतमा) घटाएको छ, संगठित क्षेत्रको आयकर दर कम गरेको छ, साथै कामदारहरूका लागि सामाजिक सुरक्षामा योगदानको दर पनि घटाएको छ ।

न्यून लगानी वा निजी बचत पर्याप्त बढ्दैमा पछिल्ला कर कटौती योजना रोकिने छाँट नदेखिएकाले सम्भवतः चीनको राष्ट्रिय बचत पनि घट्नेछ । फलस्वरूप चीनको समग्र व्यापार बचत सन् २०२० मा निकै कम हुनेछ । त्यसैगरी, अमेरिकाको व्यापार घाटा पनि एक वा दुईचौथाइले कम हुन सक्छ (यसबाट उसको लगानीभन्दा बचत बढी भएको देखिन सक्छ) । चीनले भने अमेरिकी कर कटौतीका कारण अझै अर्काे वर्ष पनि द्विपक्षीय व्यापारमा अतिरिक्त बचत नै गर्नेछ, तर अन्यथा भएन भने व्यापार असन्तुलन भने निकै कम हुनेछ ।

प्रत्यक्ष माग शृंखलाहरूको सन्दर्भमा अमेरिकी मन्दी विश्वव्यापी अर्थतन्त्रका लागि पक्कै पनि सुसमाचार हुनेछैन । तर, यसले अमेरिका र चीनबीचको सम्बन्धमा रहेका समस्याहरूलाई सामान्यीकरण गर्न भने सहयोग पुर्‍याउन सक्छ । यदि विश्वका यी दुई ठूला अर्थतन्त्रको सम्बन्ध सहज भयो भने सबैतिरका व्यवसाय एवं लगानीकर्ताले सन्तोषको सास फेर्न पाउनेछन् । यो नै आगामी अमेरिकी मन्दीको चाँदीको घेरा हो ।

सेङ–जिन वेई एसियाली विकास बैंकका पूर्वप्रमुख अर्थशास्त्री र कोलम्बिया विश्वविद्यालयमा वित्त र अर्थशास्त्रका प्राध्यापक छन् । नया प्रत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *