बजार स्वास्थ्य

सेयेरमा अनलाईन कारोबार प्रणाली विस्तार अझै सुस्त

नेपालमा सेयेर कारोबारको सजिलोकोलागी नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणालीमा आबद्ध हुने लगानीकर्ताको संख्या झण्डै साढे १३ हजार पुगेको छ। अनलाइन कारोबार सुरु भएको ९ महिनामा सो संख्यामा लगानीकर्ता आवद्ध भएका हुन्।

यो कूल ५० वटा ब्रोकर कम्पनीहरुबाट अनलाईन प्रणालीमा आबद्ध भई युजर लिएका लगानीकर्ताको संख्या हो । साउन १७ गतेसम्म यस्तो संख्या १३ हजार १२२ जना थियो ।

नेप्सेको पूर्ण स्व:चालित अनलाईन कारोबार प्रणाली सुरुवात भएको ९ महिना बितिसक्दा पनि १७ वटा ब्रोकरमा एक सय भन्दा कम लगानीकर्ताले अनलाईन युजर आईडी लिएका छन्।

नेपाल स्टक एक्सचेञ्जको पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको ९ महिना वितिसक्दा औसतमा ३३ वटा ब्रोकरहरूले १०० भन्दा धरै अनलाइन खाता खोलेका छन् भने १७ वटा ब्रोकर कार्यालयले त अझै १०० पनि खाता खोल्न नसकेको देखिएको छ ।

नेप्सको तथ्याङ्क अनुसार साउन १७ गतेसम्म भिजन सेक्युरिटिज (ब्रोकर नम्बर ३४) मा अनलाईन कारोबार प्रणालीको युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा धेरै १ हजार ३७५ जना रहेका छन्। एक सातामा उक्त ब्रोकरमा १५ जना दगानीकर्ताले अनलाइन युजर लिएका छन् । त्यस्तै आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज पनि अनलाइन युजर वितरण गर्ने दोस्रो स्थानमा छ।
त्यसैगरी आशुतोष ब्रोक्रेज एण्ड सेक्युरिटीजमा अनलाईन युजर लिने लगानीकर्ताको संख्या सबैभन्दा कम छ। असुतोष ब्रोकरेज एण्ड सेक्युरिटीजमा युजर लिने लगानीकर्ताको संख्या ३९ जना मात्रै रहेको नेप्सेले जनाएको छ।

नेपाल शेयर बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन भन्दै २०७४ कार्तिक २० गतेदेखि नेप्सेको पूर्ण स्वस्चालित अनलाईन कारोबार प्रणाली औपचारिक सञ्चालनमा ल्याईएको थियो। अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन प्रणालीको विधिवत उद्घाटन ग

Leave a Reply

Your email address will not be published. Required fields are marked *