अर्थतन्त्र बजार

काठमाडौँ भुकृटीमण्डपमा भदौ २५ गतेदेखि फर्निचर तथा फर्निसिङ एक्स्पोको आयोजना हुदै


फर्निचर तथा फर्निसिङ एक्स्पो फर्नेक्सको तयारी पूरा भएको छ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनी स्थलको भौतिक काम बाहेकको सबै तयारी पूरा भएको आयोजक संस्थाले जानकारी दिएको हो।

नेपाल फर्निचर तथाफर्निसिङ संघको आयोजनामा यही भदौ २५ गतेदेखि भुकृटीमण्डप काठमाण्डौंमा आयोजना हुने सातौं संस्करणको फर्नेक्स २०१९ को सबै तयारी पूरा भएको संघका अध्यक्ष रुपेश प्रधानले बताए।‘विगत वर्षमा जस्तै यस पटक मेलाको सबै तयारी पूरा भएको छ । परिष्कृत रुपमा मेला आयोजना हुन लागेको जानकारी गराउँन पाउँदाहामीलाई खुसी लागेको छ ।’ संघका अध्यक्ष प्रधानले भने।

बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उचित गन्तव्य हुने बताइएको छ। किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्यआकर्षण रहने आयोजकको भनाई छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धितउत्पादनप्रदर्शनीको आकर्षण बन्ने आयोजकको विश्वास छ ।

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शाकार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले समर्थन गरेका छन् । यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसीएसनले सहयोग गरेका छन् ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्यहुने फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालले बताए। नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन आम उपभोक्तालाई आग्रह गर्दै संयोजक अग्रवालले नेपाल फर्निचरमा आत्मनिर्भर हुने बाटोमा अघि बढेको उल्लेख गरे।

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।एक्स्पोको व्यवस्थापनइभेण्ट सोलुसनप्रा.लिले गरेको छ।

इभेण्ट सोलुसनप्रा.लिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले फर्निचर क्षेत्रको प्रविधि अवलोकन कर्ताको मूख्यआकर्षण बन्नसक्ने बताउँदै फरक शैलीमा एक्स्पोको सातौं संस्करण आयोजना हुन लागेको जानकारी दिए।

५ दिनसम्म चल्नेएक्स्पोमा स्वदेशी तथा विदेशी गरी १२० हाराहारीमा फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहनेछन् । नेपालमा उपलब्ध फर्निचर तथा फर्नि्सिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *