अर्थतन्त्र बजार

लगातार बढिरहेको सुनको मूल्य घट्यो तर चाँदीको भने स्थिर


सुनको मूल्य भदौ १९ गते बिहीबार घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ कम अर्थात ७३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन ७३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा केहि गिरावट देखिए पनि बिहीबार चाँदीको मूल्यमा भने परिवर्तन भएन। बिहीबार चाँदी अघिल्लो दिनकै मूल्य ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनको मूल्य साउन सुरुवात देखि नै बढ्न थालेको थियो। साउन यता सुनको मूल्य झण्डै ९ हजार रुपैयाँले बढीसकेको छ।

त्यस्तै बिहिबार डलरको भाउ पनि घटेको छ। अघिल्लो दिन ११६ रुपैयाँ १५ पैसा रहेको अमेरिकी डलरको भाउ बिहीबार ४६ पैसाले घटेर ११५ रुपैयाँ ६९ पैसामा झरेको छ। बुधबार अमेरिकी डलरको भाउ एकै्दिन एक रुपैयाँ ६० पैसाले बढेको थियो।

गत एक महिनामा डलरको भाउ एक रुपैयाँ ५ पैसाले बढेको छ । एक महिना अघि अर्थात साउन १९ गते अमेरिकी डलरको भाउ १११ रुपैयाँ ६४ पैसा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *