अन्तरास्ट्रिय समाचार

भारतका पूर्व प्रधान तथा अर्थमन्त्रि मनमोहन सिंहले अर्थव्यवस्था अति चिन्ताजनक अबस्थामा पुगेको भन्दै चिन्ता ब्यक्त


नयाँदिल्ली : भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक रहेको बताएका छन् ।

मनमोहन सिंहले नरेन्द्र मोदी सरकारका कारण अर्थव्यवस्थामा मन्दी आएको टिप्पणी गरेका हुन् । सरकारले दुई दिनअघि नै तथ्यांक जारी गरिको थियो । जहाँ अर्थव्यवस्थाको वृद्धिदर पछिल्लो ६ वर्षमा सबैभन्दा न्युन रहेको बताइएको छ ।

डा. मनमोहन सिंहको एक अर्थशास्त्रीको रुपमा पनि पहिचान छ । बिबिसी हिन्दीका अनुसार यसरी लगातार गिरावट आउनु भारतको लागि अति जटिल अवस्था हुने उनले बताएका छन् ।

‘लगातार गिरावट जारी रह्यो भने भारतका लागि अति जटिल अवस्था हुनेछ । म आग्रह गर्छु कि सरकार प्रतिशोधको राजनीतिबाट बाहिर आओस् । अर्थव्यवस्थाको यस्तो हालत सरकारको गल्तीहरुबाटै बनेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *