बजार समाचार

पूँजी बजार विकासको लागि राजनीतिक तहमा लबिङ गरिने


काठमाडौँ – बिबिध कारणले बिगत लामो समय देखि घटिरहेको पुंजी बजारको बिकास तथा लगानी कर्ता हरुको मनोबल बढाउने उदेस्य ले शेयर लगानीकर्ताहरुको शुक्रबार राजधानी काठमाडौमा भएको भेलाबाट पूँजी बजार विकास अभियान शुरु भएको घोषणा भएको छ ।

पूँजी बजार संकटतर्फ उन्मुख भएको भन्दै भृकुटीमण्डपमा भेला भएका लगानीकर्ताहरुले मेरोलगानी डटकमका सम्पादक तथा लगानीकर्ता तिलक कोइरालालाई संयोजक बनाएर अभियान शुरुवात गरेका हुन् ।

अभियानको उपसंयोजकमा लगानीकर्ता नयन बास्तोला रहेका छन् ।

अभियानले पूँजी बजारको नीति, नियम, पुर्वाधार र प्रविधि ठीक पार्न दबाब सिर्जना गर्नुका साथै समस्या समाधान र बजार बिकासका लागि उच्च राजनीतिक तहमा लबिङ गर्ने भएको छ ।

अभियानले लगानीकर्ताहरुको ब्यापक भेला गराई पूँजी बजार बिकासका अवरोधहरु हटाउन तत्काल पहल थाल्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *