बजार बैंक तथा बिमा

NIBL Smridhi Mutual Fund को लाभांश घोषणा, अघिल्लो आ. व.को तुलनामा करिब आधा घट्यो


एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल समृद्धि फण्ड १ (NIBSF1) ले गत आर्थिक वर्ष २०७५/०७६ को लाभांश घोषणा गरेको छ।

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको भदौ १२ गते सम्पन्न सञ्चालक समितिको बैठकले इकाईधनीलाई कर सहित ६.५० प्रतिशतका दरले प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा १२ प्रतिशत नगद लाभांश वितरण गरेको यस फण्डले गत आर्थिक वर्षमा शेयर बजारमा मन्दी छाएर सूचीकृत कम्पनीको शेयरमूल्य घट्दा फण्डले वितरण आफ्ना इकाईधनीलाई वितरण गर्ने लाभांश करिब आधाले घटेको हो।

अधिल्ला आर्थिक वर्षहरुमा कम्पनीले त्रमश: १८ र १५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *