जीबन र जगत समाचार

आज कुशे औसी देशभरका धार्मिक स्थलमा भक्तजनहरुको भिड ।


काठमाडौँ : आज कुशे औसी तथा बाबुको मुख हेर्ने दिन। आजको दिन छोराछोरीले परम्पराअनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाइ, भोजन तथा उपहार दिइ आदर सम्मान गरी बाबुको मुख हेर्ने गर्दछन्। टाढा भएका छोराछोरीले बाबुलाई फोन गरी सुस्वाथ्य तथा दीर्घायुको कामना गर्दछन्।

आजकै दिन कुश भित्र्याइने गरिन्छ। वैदिक सनातन धर्माबलम्बीहरु वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदै छन्। विभिन्न धार्मिक स्थलमा पितृको संझनामा तर्पण र पिण्डदान दिने गरिन्छ।

आज राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ। पितृ तीर्थधाम एवं उत्तरगया भनेरसमेत चिनिने यस स्थलमा तर्पण, पिण्डदान र श्राद्ध गरे, घर मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *