बैंक तथा बिमा

गोरखा छेपेटारमा प्रभू बैंकको नया शाखा


काठमाण्डौ । प्रभु बैंक लिमीटेडले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा बिहीबारदेखि बैंकको छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेबाट एक समारोहकाबीच भदौ १२ गते बिहान १० बजे बैंकको गोरखा शाखा कार्यालयको समुद्घाटन भएको हो ।

शाखा कार्यालय समुद्उद्घाटन कार्यक्रममा प्रमुख अतिथी गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै आजदेखि सञ्चालनमा आएको छेपेटारशाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल र सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताउँदै बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे ।

छेपेटार शाखा कार्यालय समुदघाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्नसरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ गोरखाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *