खेलकुदसमाचार

लमजुंगमा क्यानोनिङ तालिमको तयारी गर्दै गर्दा खसेर प्रशिक्षकको मृत्यु :


बेसीशहर : लमजुङको उदिपुरस्थित गाईखुरे झरनाबाट खसेर एक जनाको मृत्यु भएको छ । नेपाली सेना उदिपुरस्थित श्रीजङ गणमा कार्यरत ३१ वर्षिय विजय श्रेष्ठको विहिबार मृत्यु भएको हो ।
गणले आगामी १४ देखि १६ गतेसम्म राष्ट्र सेवक दलका विद्यार्थीहरुलाई साहासिक खेल क्यानोनिङको तालिम दिने तयारी गरेको थियो । क्यानोनिङ तालिमको लागि तयारी गर्नेक्रममा श्रेष्ठ झरनाबाट खसेका हुन् । झरनाबाट खसेर गम्भीर भएका श्रेष्ठलाई उपचारको लागि सदरमुकाम बेसीशहरस्थित लमजुङ जिल्ला सामूदायिक अस्पताल ल्याइएको थियो । अस्पतालका चिकित्सकले श्रेष्ठलाई मृत घोषणा गरेका हुन् ।

काभ्रेको बनेपा घर भएका श्रेष्ठ क्यानोनिङ प्रशिक्षक समेत रहेको सेनाले जनाएको छ । मृतक श्रेष्ठ नेपाली सेनाको श्रीजङ गणमा लेसनायक दर्जामा कार्यरत रहेका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close