राजनीति समाचार

निर्बाचन आयोगको उपनिर्वाचनमा रु. ४० करोड खर्च हुने अनुमान

काठमाण्डौ । आगामी मङ्सिर १४ गतेका लागि निर्वाचन आयोगले तोकेको उपनिर्वाचनका लागि ४० करोड रुपैयाँ खर्च लाग्ने अनुमान आयोगले गरेको छ ।

आयोगका अनुसार कुल ५० पदका लागि हुने निर्वाचनमा ४० करोड रुपैयाँ खर्च लाग्ने प्रस्ताव गरी निकासीका लागि अर्थ मन्त्रालयमा पत्राचार गर्ने काम भइसकेको छ । आयोगका प्रवक्ता शङ्कर प्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि निर्वाचन हुँदैछ । जसका लागि ५५० मतदान केन्द्र कायम हुने जानकारी उनले दिए ।

निर्वाचनमा करीब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।

गत साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । निर्वाचनमा करीब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको छ ।

आगामी मंसिरमा हुनगैरहेको निर्वाचन निस्पक्ष रुपमा सम्पन्न गर्नको लागि आयोगले तीव्रताका साथ कम अगाडी बडाइ रहेको प्रवक्ता खरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *