बजार बैंक तथा बिमा

ग्रामिण र नागबेली लघुवित्त को ४३.१८ लाख कित्ता सेयर दोस्रो बजारमा थपियो


काठमाण्डौ ।नेप्से लगातार घटिरहेको बेला आज बिहीबार दोस्रो बजारमा दुईवटा कम्पनीका ४३ लाख १८ हजार कित्ता सेयर बजारमा सुचिकृत भएका छन् ।

ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर र नागबेली लघुवित्त विकास बैंक लिमिटेडको बोनस सेयरहरु नेप्सेमा सूचीकृत भई बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आएका हुन् । जसअनुसार ग्रामीण विकासको ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर र नागबेली लघुवित्तको १ लाख ४३ हजार ८००।४१ कित्ता बोनस सेयर ।

बजारमा शेयर को पूर्ति बढी भैरहेको बेलामा दुइ कम्पनी को येतिधेरै कित्ता बजारमा कारोबारको लागि सुचिकृत हुदा पक्कै पनि सम्बन्धित कम्पनी को शेयर कारोबारमा केहि न केहिता असर देखिनेनै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *