विविध समाचार

आफ्ना छोराछोरीको भविष्य सुनौलो बनौन चाहनुहुन्छ ? अपनाउनुहोस् अब यी तरिका ।


काठमाण्डौ । अभिभावकका हिसाबले तपाइँले वर्तमान अवस्थामा आफ्ना छोराछोरीका आवश्यकता हरहालमा पूरा गर्नुहोला । तर यदि तपाइँले आफ्ना छोराछोरीको भविष्यका बारेमा सोच्नुभएन भने वर्तमानमा उनीहरुलाई दिएको सुख–सयल निर्थक हुन्छ ।
वर्तमानमा तपाइँ जति आफ्ना छोराछोरीको आवश्यकता पूर्तिका लागि मेहनत गर्नहुन्छ, त्यति नै उनीहरुको सुनौलो भविष्यका लागि सचेत हुन आवश्यक हुन्छ । आफ्ना छोराछोरीको सुनौलो भविष्यका तपाइँले फेमिली प्लानिङभन्दा पनि फाइनान्सियल प्लानिङमा बढी ध्यान दिन जरुरी हुन्छ । यसले तपाइँको छोराछोरी भविष्य सुनौलो त हुन्छ नै परिवार बढाउन र त्यसबाट बढ्ने आर्थिक भार पनि सजिलै थेग्न सक्नुहुन्छ । आफ्ना छोराछोरीको भविष्य सुनौलो बनाउन केही योजनाहरुका बारेमा चर्चा गरौँ–

१। परिवारको फाइनान्सियल प्लानिङका लागि वर्तमान र भविष्यमा हुन सक्ने खर्चको अनुमान लगाउनुहोस् । त्यही अनुमानित खर्चका आधारमा आफ्नो लक्ष्य तय गर्नुहोस् र आफूले गर्न सक्ने बचत सही ठाउँमा लगानी गर्नुहोस् । किनकि सही समयमा गरिएको सही प्लानिङले तपाइँका छोराछोरीको भविष्य सुनौलो हुनेछ ।
२। छोराछोरीको भविष्यका लागि फाइनान्सियल प्लानिङ गर्दा थुप्रै कुरामा ध्यान दिन जरुरी हुन्छ । जस्तै– उनीहरुको स्कुल खर्च, कलेज खर्च, अन्य आवश्यकता, विवाहको खर्च । यी सबै खुड्किला सजिलै पार गर्नका लागि अभिभावकको हिसाबले तपाइँले धेरै कठोर परिश्रमभन्दा आफ्नो आम्दानी केही हिस्सा बचत गरी सही ठाउँमा लगानी गर्नुहोस् । लगानी गर्दा छोटो वा लामो समयका लागि कता गर्ने तय गर्नुहोस् ।
३। छोराछोरीको पढाइमा कति खर्च आउला, अनुमान लगाउनुहोस् । जसमा प्राइमरी, सेकेन्डरी र पछि प्रोफेसनल एजुकेसनका लागि आवश्यक पर्ने खर्च अनुमान गर्नुहोस् । छोराछोरीलाई स्कुल लेभलको पढाइ सकेर उच्च शिक्षा लिन अन्य देश पठाउने तपाइँको विचार छ भने त्यसका लागि आर्थिक तयार पहिलेदेखि नै गर्नुहोस् ।

४। छोराछोरीको पढाइमा कति खर्च आउँछ भनेर अनुमान गरी सही ठाउँमा लगानी बढाउने योजना बनाउनुहोस् । यसका लागि तपाइँ अल्पकालीन वा दीर्घकालीन योजना बनाउन सक्नुहुन्छ । तपाइँले छोराछोरीको प्राइमरी एजुकेसनका लागि अल्पकालीन योजना बनाउँदा राम्रो हुन्छ । त्यस्तै उच्च शिक्षाका लागि दीर्घकालीन योजना बनाउनु फलदायी हुन्छ । यसरी योजना बनाउँदा पनि यदि तपाइँलाई आफ्ना छोराछोरीलाई उच्च शिक्षा पढाउन आर्थिक समस्या परिरहेको छ भने एजुकेसन लोन लिन सक्नुहुन्छ । विभिन्न बैंकहरुले एजुकेसन लोन प्रवाह गरिरहेका छन् । यसका लागि निश्चित मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । त्यसैले यसका बारेमा बैंकहरुमा गएर राम्ररी बुझ्नुहोस् ।

५। पढाइलेखाइपछि अर्को महत्वपूर्ण पाटो भने छोराछोरीको विवाहवारी गरिदिने हो । जुन अभिभावकको जीवनको सबैभन्दा महत्वपूर्ण कर्तव्य पनि हो । यसका लागि पनि तपाइँले पहिलेदेखि नै फाइनान्सियल प्लानिङ गर्नुपर्छ । तपाइँले छोरा वा छोरीको विवाह गर्दा अनुमानित कति खर्च होला भनेर हिसाबकिताब गर्नुपर्ने हुन्छ । त्यसपछि सोहीअनुसार आफ्नो बचतलाई सही ठाउँमा लगानी गर्नुपर्छ। यस्तो लगानीलाई बढ्दो महँगीलाई ध्यानमा राखेर गर्न आवश्यक हुन्छ ।

६। एजुकेसन र विवाहको फाइनान्सियल प्लानिङसँगै आफ्ना छोराछोरीको बिमा पोलिसी पनि बनाउनुहोस् । यो तपाइँका छोराछोरीको भविष्यका लागि निकै महत्वपूर्ण हुन्छ । बिमा पोलिसी बनाउँदा लगानीलाई ध्यानमा दिनुभन्दा पनि आफ्ना सन्तानको सुरक्षालाई ध्यानमा राखेर बनाउनुहोस् । जसका लागि तपाइँले छोराछोरीको जीवन बिमा वा स्वास्थ्य बिमा बनाउनु उचित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *