बजार बैंक तथा बिमा

कुमारी क्यापिटलको साधारणसभा,असोज २ गते पहिलो वर्षमा लाभांश वितरण गर्ने,


कुमारी क्यापिटलले पहिलो वार्षिक साधारण सभाबाटै लाभांश वितरण गर्ने भएको छ। गत आर्थिक वर्षको लाभांश वितरण गर्ने प्रस्ताव गरेर कम्पनीले असोज २ गते प्रथम वार्षिक साधारण सभा आब्हान गरेको छ।

क्यापिटलको भदौ १० गते बसेको सञ्चालक समितिको २२ औं बैठकले कुमारी बैंकको केन्द्रीय कार्यलयमा टंगालमा साँझ ४ बजे कम्पनीको पहिलो वार्षिक साधारण सभा बोलाएको हो ।

साधारण सभामा क्यापिटलले चुक्ता पूँजी २० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने कर सहित ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *