अर्थतन्त्र समाचार

अब नेपाल वायुसेवा निगमले नेपाल–जापान सिधा उडान गर्ने


काठमडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बिहीबार बिहान मध्यरातदेखि जापानको ओसाका उडान गर्दैछ।

पहिलो उडानपछिका हरेक साताको लागि तोकिएको तीन वटा उडानमा नाफा र घाटा नहेरिने निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बताए । पहिलो उडान बिहीबार बिहानका राति २ ः ३० बजे हुँदैछ ।

हरेक साताको मंगलबार, बिहीबार र शनिबार काठमाडौं–ओसाका–काठमाडौं नियमित उडान हुने र लिका छ । यसअघि असार १९ गते देखि नै गर्ने भनिएको उडान तयारी नपुगेकै कारण भदौ १२ लाई सारिएको थियो ।

निगमले एयरवसको ए ३३०–२०० नामक २७४ सिट क्षमताको वाइडबडीबाट नियमित उडान गर्ने छ । यस्तो उडानका लागि एक सय जनासम्मको बुकिङ आएको छ ।

नयाँ गन्तव्य भएको र उडानको सुरुवाती समय भएकाले ५० प्रतिशत मात्रै सिट क्षमता भरिएको छ । जति सिट क्षमता भएपनि उडान भने नरोकिने जानकारी खरेलले दिए । कम्तिमा एक वर्षमा ८० प्रतिशतको उडान भराइदर कायम गराउने योजना भने निगमले बताएको खरेल बताउँछन् ।

निगमले आगामी पुस १६ देखि जापानकै अर्को गन्तव्य टेकियोको नारिता विमानस्थलमा पनि उडान गर्ने तयारी गरेको छ । हाल २५ जना पाइलटमध्ये १५ जना नेपाली र १० जना विदेशीलाई निगमले बाइडबडीको उडानमा प्रयोग गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *