बजारबैंक तथा बिमा

बैंकका सहायक कम्पनिलाइ पनि तत्काल ब्रोकर लाइसेन्स दिन भन्दै अगाडी आयो बैंकर संघ

नेपाल बैंकर्स संघले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई तत्काल ब्रोकर लाइसेन्स दिन माग गरेको छ ।

बैंकर्स संघको भदौ ११ गते बुधबार बसेको बैठकले ब्रोकरेज सेवा प्रदान गर्नको लागि नेपाल स्टक एक्सचेन्जमा आवेदन दिएका बैंकहरुलाई साहयक कम्पनी खोली ब्रोकरेज सेवा प्रदन गर्न पाउने गरी तत्काल लाइसेन्स वितरण गर्न माग गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जले आब्हान गरेको सूचना अनुसार प्रकृया पुर्याएर आवेदन दिएका बैंकहरुलाई समेत ब्रोकर लाइसेन्स दिने प्रकृया स्थगित गरेपछि तत्काल लाइसेन्स वितरण गर्न माग गरेको हो ।

अर्थ समितिले वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन अध्ययन गरी दुइ महिनाभित्र प्रतिवेदन बुझाउने गरी सांसद राकुमारी झाक्रीको संयोजकत्वमा उप समिगि गठन गरेको थियो ।

सो पश्चात नेपाल स्टक एक्सचेन्जले बैंकहरुलाई ब्रोकरेजलाइसेन्स वितरण गर्ने प्रकृया तत्काललाई स्थगन गरेपछि संघले आपत्ति जनाएको हो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close