कला र साहित्य

ऐश्वर्याको झुटका कारण बलिउड निर्देशक मधुर भण्डारकर डिप्रेसनमा

आफ्नो छुटै सैलेका कारण बलिउड मा छुट्टै छाप छोड्न सफल निर्देशक मधुर भण्डारकर हिरोइन ऐश्वर्या रायका कारण एक समय डिप्रेसनमै पुगेका थिए । उनले फेसन, पेज थ्री र हिरोइनजस्ता फिल्म बनाएका थिय ।२०११ मा मधुरसँग ऐश्वर्या राय बच्चनले हिरोइन फिल्मका लागि साइन गरेकी थिइन् ।

तर, खुसी त्यतिवेला निशारामा परिणत भयो, जब ऐश्वर्याले प्रेगनेन्ट हुँदाहुँदै पनि फिल्म साइन गरेको मधुरले पत्तो पाए । मधुरलाई प्रेगनेन्सीको खबर एक न्युज च्यानलबाट मिलेको थियो ।

फिल्मको सिनमा अभिनेत्रीले स्मोक गर्नुपर्ने थियो । अन्य त्यस्ता सिन पनि थिए, जसले गर्भवती महिलालाई हानि पु-याउन सक्थ्यो । ‘फिल्म उद्योग विश्वासमा चल्छ, जसलाई ऐश्वर्याले तोडेकी थिइन्,’ मधुरले भने, ‘यस्तो थाहा भएपछि म आठ दिनसम्म अफिस गइनँ । हामीले सम्झौता रद्द ग-यौँ, यही कारण म डिप्रेसनमा गएँ ।’ यस फिल्म बनाउनका लागि मधुरले डेढ वर्षसम्म त रिसर्च नै गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *