विविधसमाचार

चितवन पुलिसले रवि लामिछानेको बैंक खाता छानबिन गर्ने भनिरहदा उनि आफैले सरकारलाई सम्पत्ति विवरण बुझाउने घोसणा गरेकाछन ।


शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतको धरौटीमा छुटेका संचारकर्मी रवि लामिछानेले आफूले सम्पत्ति विवरण सरकारलाई बुझाउने बताएका छन् । प्रहरीले आफुलाई फसाउँने नियतका साथ बैंक खाता विवरण उपलब्ध गराउँन राष्ट्र बैंकलाई पत्राचार गरेको जवाफमा लामिछानेले बैंक खाता विवरण मात्रै हैन, सम्पति विवरण नै सरकारलाई बुझाउने बताएका हुन् ।

चितवनको नारायणी नदी किनारमा समर्थकहरूलाई धन्यवाद दिन आयोजित कार्यक्रममा रविले भने – मेरो बैंक खाता त के सबै सम्पत्तिको विवरण चितवनबाट काठमाण्डौ फर्कने बित्तिकै सरकारलाई बुझाउँछु ।

रविले आफूले जुत्ता चप्पल फेर्न नसकेका, एक सरो लुगा लाउन नसकेका मानिसको पीडा र समस्यालाई केन्द्रमा राख्ने गरेको बताउँदै ती असहायहरूबाट रविले पैसा खान खोज्छ भन्नु आश्चर्यलाग्दो विषय हो भने ।

शलिकग्राम पुडासैनीले मृत्यु अगाडी जारी गरेको भिडियोमा रविले कार्यक्रम चलाउँदा करोडौ असुल्छन् भन्ने आरोप लगाएपछि प्रहरीले रविको बैंक खाताबारे जानकारी दिन राष्ट्रबैंकलाई पत्र लेखिसकेको छ । रविको खातामा कैफियत देखिए सम्पत्ति सुद्धीकरणको मुद्दा चलाउने योजनामा प्रहरी रहेको छ । प्रहरीले पठाएको पत्र राष्ट्रबैक पुगिसकेको छ ।

रवि लामिछानेको धन्यबाद कार्यक्रममा हजारौं सर्बसाधारण सहभागी भएर रवि धरौटीमा छुटेकोमा खुशियाली मनाएका थिए । रविलाई ८० बर्षमाथिका ज्येष्ठ नागरिकहरुले पनि कार्यक्रमस्थलमा पुगेर आशिर्बाद दिएका थिए ।

यस अघि रविले अस्पतालमा पुगेर प्रहरीको लाठीचार्जमा परी घाईते भएका समर्थकहरुलाई भेटेर उपचार राम्रोसँग गराउने प्रबन्ध मिलाईने आश्वाशन दिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close