खेलकुद समाचार

स्पेनिस ला लिगाको पहिलो खेलमा बार्सिलोनाले रियल बेटिसलाइ ५ गोलले हरायो


बार्सिलोना : स्पेनिस ला लिगाको यस सिजनमा डिफेन्डिङ च्यम्पियन बार्सिलोनाले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा रियल बेटेसिलाई ५–२ ले हराउँदै प्रभावशाली जित हात पारेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने रियल बेटिसले बनाएको थियो । १५औं मिनेटमा नबिल फेकिरले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । यसै सिजन एथ्लेटिको मड्रिडबाट बार्सिलोना सरेका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले ४१औं मिनेटमा गोल गरी खेल बराबरी गरे । बार्सिलोनाका लागि ग्रिजम्यानको यो पहिलो गोल हो । उनले ५०औं मिनेटमा अर्काे गाले थपेर टोलीलाई अग्रता दिलाए ।

त्यसपछि पेरेजले ५६औं, अल्बाले ६०औं र भिडालले ७७औं मिनेटमा गोल गरे । रियल बेटिसका लागि गार्सियाले ७९औं मिनेटमा अर्काे गोल गरेपनि त्यो खेलमा फर्कनका लागि पर्याप्त बनेन ।

पहिलो खेलमा एथ्लेटिक बिल्बाओसँग हार व्यहोरेको बार्सिलोना लयमा फर्किएको छ । आइतबारको खेलमा बार्सिलोना स्टार खेलाडीद्वय मेसी र स्वारेजबिनै मैदानमा उत्रिएको थियो ।

आइतबार नै भएका ला लिगाका अन्य खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १–० र रियल सोसिडाडले रियल माल्लोर्कालाई १–० ले हराए । आलाभेज र स्पानिओलले गोलरहित बराबरी खेले । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *