समाचार

उपल्लो मुस्ताङ जोड्ने पक्की पुल सम्पन्न, दोहोरो ट्र्याक खुल्ला


मुस्ताङ : वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङस्थित मुस्ताङ गेटको कालिगण्डकी पक्की मोटरेबल पुल सोमबारदेखि सञ्चालनमा आएको छ ।

पुलको कालिगण्डकी करिडोर, स्थानीय जनप्रतिनिधि र मुस्ताङ प्रशासनको रोहबरमा पुलको उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो । यसअघि भदौ १ गते उद्घाटन गर्ने भनीएको पुल कालिगण्डकी नदी कटानका कारण स्थगित भएको थियो ।

बाढीले बन्दै गरेको पुलको आरसिसी पुल जोड्ने एप्रोज माटो फिलिङ गरिएको ट्र्याकमा क्षति पुगेको थियो । करिडोर सडकले नदी कटानले क्षति पुर्‍याएको संरचना ३ वटा डोजर परिचालन गरेर १२ दिनमा पुलको दुईतर्फी ट्र्याक खुलाइएको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उपल्लो मुस्ताङ जोड्ने महत्वपूर्ण कालिगण्डकी पक्की पुल सञ्चालनमा आएपछि कोरला नाका र उपल्लो मुस्ताङ जाने सवारी साधनलाई सहज हुने भएको छ । यसअघि कालिगण्डकी नदीमा पुल नहुँदा वर्खाको समय वारपार गर्न मुस्किल थियो । मुस्ताङ गेटमा सञ्चालनमा आएको पुलले राहत प्रदान गरे पनि कागबेनीमा निर्माणधिन २५ मिटरको पुल निर्माण भने ढिलाए भइरहेको छ । अन्नपुर्ण पोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *