अर्थतन्त्र बजार

आखिर किन खोज्दै छ शेयर बजारले अर्थमन्त्रीको बहिर्गमन

नेपाल कमुनिस्ट पार्टी को दुइ तिहाई सरकारको शक्तिसाली बिज्ञ अर्थमन्त्री khatiwada आए पछि केहि मानिसले नेपालको शेयर बजारमा धेरै सुधार आउने आशा गरेका थिय तर त्येसको बिपरित शेयर बजारमा लगातार गिरावट आएर लगानीकर्ताहरु चरम निराश भईरहेkaa chhan वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाको बहिर्गमन नभई लगानीकर्ताको मनोबल बलियो बन्न नसक्ने संकेत देखिएको छ।

बजार सुधार र विस्तारमा अर्थमन्त्री खतिवडाले गैरजिम्मेवार ब्यवहार प्रदर्शन गर्दै आएको र ठूलो लगानी गर्नसक्नेहरु उनीबाट सशंकित हुँदै लगानी झिकिरहेकाले बहिर्गमन नै लगानकिर्ताहरुलाई आशावादी बनाउँनसक्ने एउटा गतिलो औजार भएको विश्लेषण हुन थालेको छ ।

अर्थमन्त्री हुँदा नै शुरुवाती अभिब्यक्तिबाट शेयर बजारबाट लगानीकर्तालाई त्रसित बनाएका खतिवडाले त्यसपछि अवलम्बन गरेका नीतिहरुबाट लगानीकर्ताहरु झन् निराश भए। पूँजीगत लाभकर ५० प्रतिशत वृद्धिको चर्को आलोचना र लगानीकर्ताहरुको आमरण अनशनसम्मको आन्दोलन भएपछि केही पछाडि हटे पनि उनले अर्थमन्त्रीको हैसियतले शेयर बजारलाई विस्वासमा लिनुपर्ने खासै परिणाममुखी कामहरु गर्न सकेनन्।

अर्थ मन्त्रालयले गठन गरेको अध्ययन समितिले नै सिफारिस गरेका पूँजी बजार सुधार र विस्तार सम्बन्धी अधिकांश कामहरु अलपत्र पर्नुका साथै एकपछि अर्को आपूर्ति थपिएर बजारमा माग पक्ष कमजोर बनेको छ ।

तत्काल बजारमा सरकारी हस्तक्षेप नभए पूँजी बजारले ठूलो क्षति भोग्नुपर्ने सम्भावना बढेको छ । चार वर्षदेखि लगातार गिरावट भोगेका लगानीकर्ताहरु अब ठूलो मार धान्न नसक्ने अवस्थामा पुगेका छन् ।

शेयरको भाउ लगातार घटेर राम्रा कम्पनीहरुको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा तल झरेको छ भने बजार पूँजीकरणमा दुई महिना यता एक खर्ब भन्दा बढीको क्षति देखिएको छ। सूचीकृत कम्पनीहरु मध्ये धेरैले राम्रो प्रगति गरेको विवरण पस्केर लाभांश घोषणा गर्न थाल्दा बजारले उल्टो यात्रा तय गर्नुमा कम्युनिष्ट सरकारप्रतिको चरम अविश्वास नै हो भन्ने विश्लेषहरुको दाबी छ ।

साताको दोस्रो दिन भदौ ९ गते सोमबार प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा धेरै कारोबार हुँदा कारोबार रकम अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले बढेको देखिए पनि शेयर बजारका धेरै लगानीकर्ताले गुमाएका छन्।

यस दिन प्रभु बैंकको संस्थापक शेयरको मात्रै १० करोड २१ लाख रुपैयाँको कारोबार हुँदा समग्र कारोबार रकम ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो दिन आइतबार ३५ करोड रुपैयाँ बराबरको मात्र शेयर कारोबार भएको थियो।

सोमबार बजार पूँजीकरणमा क्षय भएर १५ खर्ब २७ अर्बमा झरेको छ।

सोमबार कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा नेप्से सूचक ६.४९ अंकले घटेर १२०३.१३ बिन्दुमा झरेको छ ।

यस दिन कारोबारमा आएका कम्पनीहरु मध्ये ९९ वटा कम्पनीको शेयरमूल्य घट्यो भने ४० वटा कम्पनीको शेयरमूल्य मात्र बढेको छ । त्यस्तै २६ वटा कम्पनीको शेयरमूल्यमा भने कुन परिवर्तन भएन।

सोमबार कारोबारमा आएका ११ वटै उपसमूहका सूचक नकारात्मक देखिएका छन यस दिन जीवन बीमा उपसमुहको सूचक सबैभन्दा धेरै १.२ प्रतिशतले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *