समाचार

मेरो माइक्रोफाइनान्स प्रस्ताव गर्यो आकर्सक लाभांश,

मेरो माइक्रोफाइनान्सले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।माइक्रोफाइनान्सको भदौ ९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३० प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि १.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत र साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्नेछन्।
हाल ६५ करोड ७८ लाख चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको वोनस शेयर पश्चात चुक्ता पूँजी ८५ करोड रुपैयाँ हाराहारी पुग्नेछ ।

माइक्रोफाइनान्सले गत बर्षको चौथो त्रैमासमा १६ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २५ रुपैयाँ ४८ पैसा कायम गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *