बैंक तथा बिमा समाचार

तपाई साना तथा मझौला व्यवसाय को विस्तार मा हुनुहुञ्छ भने जानुस ग्लोबल आइएमई बैंकमा तीन दिनमै कर्जा पाइने ।


लगानी लाइ तिब्र रुपमा बिस्तार गरिरहेको ग्लोबल आइएमई बैंक (GBIME ले ३ दिनभित्र नै साना तथा मझौला व्यवसायी कर्जा उपलब्ध गराउने भएको छ । बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) योजना ल्याएको जनाएको छ।

साना तथा मझौला व्यवसायी कर्जा लिन चाहने ग्राहकहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र बिना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकबाट कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा यस योजना अन्तर्गत ग्राहकलाई छिटो छरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृृद्धि गर्ने उद्देश्यका साथ कर्जा लिने समयावधि घटाएको बैंकले जनाएको छ।

लक्षित ग्राहकहरुले यो कर्जा सुविधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

सेवाअन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख देखि देखि ६ करोडसम्म ऋण उपलब्ध गराइने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *