विविधसमाचार

सामाजिक संजाललाई लक्षित गर्दै संचार मन्त्रि द्वारा भीडलाइ कानुन नियन्‍त्रण मा नलिन आग्रह


बुटवल : सामाजिक संजालमा बढ्दै गएको बिकृति लाइ मद्यनाजर गर्दै र तेस्ले समाज तथा अन्ने निकायमा पर्ने प्रभाब लाइ लक्षित गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले कानुनी राज्य र विधिको शासन भएको मुलुकमा भीडले कानुन नियन्त्रण नहुने बताएका छन्। आइतबार बुटवल पुगेका मन्त्री बास्कोटाले सामाजिक संजालको दुरुपयोग गर्दै भइरहेका भीडवाजीले अनुसन्धान र न्यायलय प्रभावित नहुने जिकिर गरे।

‘भीड लगाउँदै जाने प्रवृति गलत छ’, उनले भने, ‘यस्ताले समाजमा विकृति निम्त्याउछन्।’ सामाजिक संजालको दुरुपयोग रोक्न सरकारले नीति नियम बनाउँदै जाने बताए। नागरिकस्तरबाटसमेत समामाजिक संजाल दुरुपयोग हुन नहुने भन्दै उनले सञ्चारमाध्यमले त्यसैलाई स्रोत मान्नु गलत भएको उनले बताए।

‘मेनस्ट्रिमका संचारमाध्यमसमेत सामाजिक संजालको प्रभावमा परेको देखिन्छ’,उनले भने,‘यस्तो हुनु मिडियाकै लागि चुनौती हो।’ राज्यका निकायमा दर्ता भएका मिडियामात्रै सूचनाका आधिकारिक स्रोत भएको उनले बताए।

युट्युब लगायत अन्य सामाजिक संजाललाई कानुनी दायरामा ल्याउने उनले उनले बताए। संचारमाध्यममा समेत गलत सूचना सम्प्रेषण भइरहेको भन्दै त्यसको जिम्मेवारी दिन उनले पत्रकारलाई आग्रह गरे।

‘पत्रकार कुनै कानुन भन्दामाथि हुँदैनन, समाचारमा गलत लेख्ने अनि कारबाही हुनुहुँदैन भन्ने हुन्न’,। हरेक बिसय र क्षेत्र को आफ्नै नीति नियम हुने र त्यो सबै आफ्नो क्षेत्रको नियम को दयेरा भित्र बस्नु पर्ने कुरा तिर इंगित गर्दै मन्त्रीले कसैले पनि कानुन लाइ हातमा लिने कोसिस गर्न नहुने येदि एस्तो भएमा कसैलाई पनि देशको कानुनले नछाड्ने बताएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close