बजार बैंक तथा बिमा

आर्थिक वर्ष समाप्त संगै सात लघुवित्त र छ वटा सामुहिक लगानी कोष द्वारा लाभांश घोषणा


हालसालै तथा बिगत लामो समय देखि शेयर बजारमा सूचीकृत सातवटा लघुवित्त वित्तीय संस्था तथा छ वटा सामुहिक लगानी कोषले आर्थिक बर्ष २०७५/७६ को मूनाफाबाट लाभांश घोषण गरेका छन्। गत आर्थिक बर्षकाे मुनाफाबाट लाभांश घोषणा गर्ने म्युचुअल फण्डमध्ये सिद्धार्थ इक्वीटी फण्ड पहिलो भएको छ भने लघुवित्त कम्पनीहरुमा फस्ट माइक्रोफाइनान्स पहिलो भएको छ ।

लाभांश घोषणा गर्ने सात लघुवित्त मध्य मिर्मिरे लघुवित्तले सबैभन्दा धेरै ४५ प्रतिशत बोनश शेयर घोषणा गरेको छ भने गणपति माइक्रोपाइनान्सले सबैभन्दा थोरै ७ प्रतिशत मात्र घोषणा गरेको छ ।

लाभांश घोषणा गर्ने कम्पनीहरु

फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १७ प्रतिशतले हुन आउने ११ करोड ३ लाख ४६ हजार रुपैयाँ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ०.८९४७ प्रतिशत नगद लाभांश गरी कूल १२ करोड २४ लाख ७० हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैयाँ पुग्नेछ।

आशा लघुवित्त
आशा लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ। उक्त बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ पुग्नेछ।

नेपाल एग्रो लघुवित्त
नेपाल एग्रो लघुवित्त वित्तीयले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ७४ लाख ६६ हजार ६७० आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नागबेली लघुवित्त
नागबेली लघुवित्तले गत वर्षको कमाइबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २६ प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३६ प्रतिशत अर्थात २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल १६ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको बोनस वितरणपछि चुक्ता पुँजी २१ करोड १२ लाख रुपैयाँ पुग्नेछ ।

गणपति माइक्रोफाइनान्स
गणपति माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल १० करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको माइक्रोफाइनान्सको वोनस वितरणपछि चुक्ता पूँजी ११ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

मिर्मिरे लघुवित्त
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ४५ प्रतिशत बोनस तथा २.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको ५ करोड ७९ लाख ५३ हजार ८८० रुपैयाँ बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६७ लाख ४० हजार २८० रुपैयाँ पुग्नेछ।

स्वरोजगार लघुवित्त
स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/०७६ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २६.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.४१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात लघुवित्त कम्पनीको अगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

सानिमा इक्वीटी फण्ड
सानिमा बैंकको प्रवद्र्धनमा सानिमा क्यापिटल अन्तर्गत संचालित सानिमा इक्वीटी फण्डले गत आर्थिक बर्षको कमाइबाट इकाइधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

फण्डको २०७६ असार मसान्त सम्ममा प्रति इकाई खुद मूल्य ११ रुपैयाँ ०३ पैसा कायम छ ।

लक्ष्मी भ्यालु फण्ड १

लक्ष्मी भ्यालु फण्ड १ले गत वर्षको मुनाफाबाट इकाइधनीहरुलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषण गरेको छ।

लक्ष्मी भ्यालु फण्ड १ लक्ष्मी क्यापिटलले सञ्चालनमा ल्याएको पहिलो सामूहिक लगानी कोष योजना हो।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १

एनएमबि म्युचुअल फण्डद्धारा सञ्चालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट इकाई धनीलाई कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

एनएमबि हाइब्रिड फण्ड एल १
एनएमबि हाइब्रिड फण्ड एल १ ले इकाईधनीलाई आर्थिक वर्ष २०७५/०७६को मुनाफाबाट कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ ले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

एनआईसी एशिया ग्रोथ फण्ड
एनआईसी एशियाग्रोथ फण्डले आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट इकाईधनीहरुलाई कर सहित १० प्रतिशतका दरले हुन आउने आठ करोड पैँतिस लाख बीस हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

सिद्धार्थ इक्वीटी फण्ड
सिद्धार्थ इक्वीटी फण्ड गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट इकाईधनीलाई कर सहित ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। फण्डले इकाइधनीहरुलाई १६ करोड ५० लाख बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

म्युचुअल फण्डहरुमध्ये गत आर्थिक बर्षको मुनाफाबट लाभांश घोषणा गर्ने यो पहिलो कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *