अर्थतन्त्र बजार बैंक तथा बिमा

साताको अन्तिम कारोबार दिन बिहीबार यस्तो रह्यो शेयर बजार

लगातार गिरावट आइरहेको शेयर बजार मा साता को अन्तिमदिन बिहीबार पनि सामान्य गिरावट देखिएको छ। बिहिबार अघिल्लो दिनको तुलनामा ३ करोड रुपैयाँले गिरावट आएको छ। १२१४ बिन्दुमा खुलेको बजार परिसूचक दिउँसो १ बजेसम्ममा बढेर १२२०।७२ मा पुगेपनि वृद्धि टिक्न नसक्दा ०।९९ अंकले घटेर १२१३।०६ बिन्दुमा झरेको हो।

बिहीबार १७२ वटा कम्पनीको १० लाख ७७ हजार कित्ता शेयर २६ करोड १६ लाख रुपैयाँमा खरीद बिक्री भयो। अघिल्लो दिन मंगलबार २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।बिहीबार कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ४ वटा सकारात्मक देखिए भने अन्य ८ वटा सूचक नकारात्मक देखिए। यस दिन बिशाल बजार कम्पनीको शेयरमूल्य घट्दा व्यापार समूहको सूचक सबैभन्दा धेरै १।७ प्रतिशतले घटेको छ। बिहीबार एनआइसी एशिया बैंकको सबैभन्दा धेरै १ करोड ९१ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा प्रभु बैंक र कृषि विकास बैंकको पनि १ करोड रुपैयाँ भन्दा धेरैको शेयर खरीद बिक्री भएको छ। बिहीबार उच्च कारोबार गर्ने शिर्ष १० कम्पनीमा ६ वटा वाणिज्य बैंक रहेका छन्।

यस दिन बिहीबारबाटै शेयर कारोबार खुलेको सबैको लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५।९६ प्रतिशतले बढेको छ । लघुवित्तको कूल ४० कित्ता शेयर १२४४० रुपैयाँमा कारोबार हुँदा शेयरमूल्य प्रतिकित्ता १८ रुपैयाँले बढेको हो। कम्पनीको शेयर नेप्सेले दिएको अधिकतम कारोबार रेञ्ज ३०२ रुपैयाँमा खुलेको थियो। त्यस्तै सिभिल लघुवित्त र बिहीबार वित्तीय विवरण सार्वजनिक गरेको दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्य पनि ५ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै रिद्धि हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतले बढेको छ भने अन्य ३ कम्पनकिो शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ।

त्यसैगरी बिहीबार सिर्जना फाइनान्सको शेरमूल्य सबैभन्दा धेरै ४।७४ प्रतिशतले घटेको छ भने बिशाल बजार कम्पनी, नेपाल इन्स्योरेन्स र लक्ष्मी भ्यालु फण्ड १ को मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ। त्यस्तै अन्य ७ कम्पनीको शेयरमूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ। शेयर बजार को बिसयमा संसद को अर्थ समिति जस्तो गरिमामय समितिबाट बैंक हरुलाई ब्रोकर लाइसेन्स दिने कुरामा ढिलासुस्ती तथा बिसय बस्तुलाई गहिरेर बुज्न नखोज्दा बजारमा लगानी कर्तामा आसा पलौना अझै केहि समय लाग्ने देखिन्छा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *