विविधसमाचार

रबि लामिछाने को पत्नी निकिता पौडेल द्वारा चितवनका एसपी र सम्पादक किशोर श्रेष्ठ विरुद्ध बिदुतिया कारोबार एन अनुसार कारबाहीको लागि जाहेरी दर्ता

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पत्नी निकिता पौडेल प्रहरीमा जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।

उनी बुधबार दिउँसो करिव साढे १ बजे महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन पुगेकी हुन्।

पौडेल विद्युतीय कारोबार ऐनअनुसार ३ जनालाई कारबाही गरिपाउँ भनेर उजुरी दर्ता गराउने तयारीमा छिन्। प्रहरीले यस विषयमा छलफल गरिरहेको छ।

पुडासैनी गएको साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनलाई
आ त्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

बिगत पाँच दिन देखि रबि लागेत तीन जना हिरासतमा अनुसन्धानको लागि प्रहरी हिरासतमा रहेका छन् । तीन जना माथि हिजो मात्र दोस्रो पटक पनि थप पाँच दिन म्याद थप गरिएको हो । यासैबिसय्मा निकिताले पनि अहिले नै फेरी उनले उक्त भिडियो किर्ते गरेको अर्थात् भिडियो इडित गरेको र एसएसपी पनि सोहि किसिमले मुछिएको भन्दै उजुरी दर्ता गर्न गएकी हुन् ।

निकिता पौडेल को जाहेरी संगै आब यो घटनामा नया तुइस्त आएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close