विविध समाचार

चितवन जिल्ला अदालात द्वारा रवि लामिछाने सहितका तीन जनालाई थप ५ दिन थुनामा राखना आदेश

चितवन : पत्रकार शालिकराम पुडासैनीको आत्मा हत्या मुद्दामा टेलिभीजन पत्रकार रवि लामिछाने सहितका तीन जनालाई थप छानविनका लागि भन्दै चितवन जिल्ला अदालतले थप ५ दिन म्याद थप गरेको छ। जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले मंगलबार लामिछाने सहितका तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

पाँच दिन हिरासतमा राखेर सोधपुछ गरेपछि प्रहरीले रविसहित तीन जनालाई दोस्रो म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो। वादीको तर्फबाट जिल्ला न्याय धिवक्ता यदु शर्माले वहस गरेका छन्। प्रतिवादीका तर्फबाट अधिबक्ताहरु सुनिल पोखरेल, सुसिल पन्त र चुडामणी सापकोटाले बहस गरे। आरोपित तीन जनालाई विहान १० बजे नै अदालत लगिएको थियो।

अदालतले थप पाँच दिन म्याद थप गरे संगै यो घटनाले नया मोड लियेको छ । रबि लामिछानेका समर्थक हरु ले सत्य तथ्य छानबिनको लागि थप पाँच दिन कुर्नु भन्दा अरु कुनै विकल्प रहेकोछैना

Leave a Reply

Your email address will not be published. Required fields are marked *