बजार बैंक तथा बिमा

मर्जर प्रकृयामा रहेको नागरिक लघुवित्तको नाफामा गिरावट


वोमी माइक्रोफाइनान्ससँग मर्जर प्रकृयामा अगाडी बढेको नागरिक लघुवित्त (NLBSL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ४३ लाख ७ हजार रुपैयाँ खुद घाटा व्यहोरेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

अघिल्लो आ० व० मा २७ लाख ८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको लघुवित्त वित्तीय संस्थाको नोक्सानी ५९ प्रतिशतले बढेको हो ।

लघुवित्तले निक्षेप संकलन १२ लाख ३९ हजार रुपैयाँबाट २ करोड ६७ लाख २५ हजार रुपैयाँ पुर्याएको छ भने कर्जा प्रवाह १ करोड १३ लाख रुपैयाँबाट २२ करोड ५३ लाख रुपैयाँ पुर्याएको छ ।

कम्पनीले समीक्षा अवधिमा ९० लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवमा यस्तो आम्दानी ७ लाख ७६ हजार रुपैयाँ मात्र थियो ।

७ करोड रुपैयाँ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोष ६६ लाख रुपैयाँले ऋणात्मक छ। अघिल्लो आवमा ३१ लाख २३ हजार रुपैयाँले ऋणात्मक रहेको जगेडा कोष ३५ लाख रुपैयाँले बढेको हो । लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ १५ पैसा ऋणात्मक छ ।

हालसम्म सर्वसाधारणमा आईपीओ जारी न गरेको लघुवित्त ले आईपीओ नै जारी नगरी लघुवित्त वोमी माइक्रोफाइनान्ससँग मर्जरमा जाने सहमति गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *