विविध समाचार

रवि लामिछाने निदोष हुन् भनेर समर्थन गरेकै आधारमा पत्रकार लाई ज्यान मर्ने सम्मको धम्कि


काठमाडौं । जब पत्रकार शालिकराम पुडासैनीको आत्महत्या हुनुभन्दा अगाडी खिचिएको भिडियो एक एक प्रहरी को सुरक्षा घेरा बाट बाहिरियो तेसैलाई आधार बनाएर प्रहरीले सत्य तथ्य छानबिन नगरी हचुवाको भरमा सिधाकुरा जनतासँगका प्रस्ताेता रवि लामिछानेलगायत अन्य दुइ जनालाई नियन्त्रणमा लिएको थियो । हाल उक्त घटनालाई प्रहरीले छानबिन गरिरहेको छ । यसै क्रममा न्युज २४ टेलिभिजनमा कार्यरत नुवाकोटका टिभी जर्नालिस्ट रामहरि गजुरेललाई विगत धेरै दिनदेखि केही आपराधिक व्यक्ति तथा समुहले ज्यान लिनेसम्मको धम्की दिइरहेकाे खुलेकाे छ ।

पत्रकार रवि लामिछानेलाई फसाउन चाहने र उनका विरोधीहरुले नेपाल पत्रकार महासंघ ३ नं। प्रदेश सदस्य तथा प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष समेत रहेका पत्रकार गजुरेललाई भिडियो बाहिरिएको दिन साउन २९ गतेदेखि अहिलेसम्म यस्तो धम्की दिइरहेका हुन् ।त्यस समुहका व्यक्तिहरुले गजुरेललाई सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेर आत्महत्यासम्म गर्न बाध्य बनाइदिने, त्यति गर्दा पनि नभए परिवारका सदस्य तथा उनका बच्चालाई अपहरण गरिदिने र त्यो पनि सम्भव नभए पत्रकार गजुरेलको हत्या गरिदिने बारम्बार धम्की दिइरहेका छन् । फोन, म्यासेज र नक्कली फेसबुकबाट धम्की दिइरहेका उनीहरुले पत्रकार रवि लामिछानेको समर्थन नगर्नसमेत चेतावनी दिइरहेका छन् ।

पत्रकार लामिछानेको पक्षमा रहेको र न्युज २४ का टिभी जर्नालिस्ट भएकै कारण यसबाट आफुलाई पेशागत चुनौती, असुरक्षा बढेको र मानसिक रुपमा दिइएको दबावले बिक्षिप्त बन्नुपरेको गजुरेलले गुनासो गरेका छन् । पत्रकार लामिछानेलाई जसरी पनि फसाउनुपर्ने र उनको पक्षमा बोलेमा र समर्थन गरेमा यस्तो हालत बनाइदिने बारम्बारको ब्ल्याकमेलिङ तथा धम्कीपछि कानुनी उपचारको खोजीमा जान आफु बाध्य हुनुपर्ने अवस्था आएकाे उनले बताएका छन् ।तर यसप्रकारको धम्की र त्रासबाट आफू कतिपनि विचलित नभई सशक्त पत्रकारितामार्फत् यसखाले अपराध, षड्यन्त्र र गुण्डागर्दीविरुद्ध निडरताका साथ सत्यतथ्य उजागर गर्नमा निरन्तर लागिरहने पत्रकार गजुरेलले अठोट लिएका छन् ।पत्रकार पुडासैनीको मृत्युपछि मृतकको न्यायका लागि सत्यतथ्य छानविन गरी वास्तविक दोषी पत्ता लगाउनुपर्ने तर, न्यायिक छानबिनको नाममा भ्रष्ट, अपराधी र तस्करहरुको स्वार्थमा बल पुग्नेगरी पत्रकार रवि लामिछानेलाई फसाउन नहुने आवाज गजुरेलले उठाउँदै आएका छन् ।

Hits: 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *