अर्थतन्त्र बजार

पुर्बधारमा लगानी गर्नको लागि खोलिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको पहिलो लगानी करुवा सेती हाइड्रोपावरमा

नेपालमा केहि समय पहिला पुर्बाधारमा मात्र लगानी गर्नको लागि स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बिकाश बैंकले आफ्नो पहिलो लगानी
कास्की जिल्लाको माछापुछ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट शुरुवात गरेको छ ।

जम्मा लागत ५ अर्व ८० करोड रुपैंया रहेको उक्त परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाईमा सहवित्तीयकरण समेत गरी ४ अर्ब ६ करोड रुपैंया कर्जा लगानी हुने भएको छ ।

देशको पूर्वाधार विकासमा मात्र लगानी गर्नको लागि स्थापना भएको बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधार क्षेत्रहरुको पहिचान एवं अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने योजना रहेको छ । यस परियाेजनामा हिमालयन बैंक र सानिमा बैंक लिमिटेडले पनि सहकार्य गरेका छन् ।

हाल १२ अर्ब चुक्ता पुजी रहेको बैंकले थप ८ अर्बको सर्बसाधारण को लागि सार्वाजनिक निष्काशन गरि चुक्ता पुँजी २० अर्ब पुर्याउनेछ जनाएको छ । बैंकमा बिसेसगरी सरकारको १०%, बीमा कम्पनीहरुको १८।९७%, वाणिज्य बैंकहरुको २०।८९%, निजी तथा सार्वजनिक कम्पनीहरुको ५।१५%, व्यक्तिगत ४।९९% तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहने छ । बैंक को स्थापना पूर्वाधार मा मात्र लगानी गर्न को लागि भएको हुदा अब नेपाल का ठुला परियोजना को लागि पूजीको अभावले हुने ढिला सुस्थि टरेर जाने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *