बजार बैंक तथा बिमा

धितोपत्र बोर्ड मुद्धती निक्षेप लगानीका लागि उच्च ब्याजदर प्रदान गर्ने बैंकको खोजिमा

धितोपत्र बोर्डले मुद्धती निक्षेप लगानी गर्न वाणिज्य बैंकको खोजी गरेको छ। बोर्डले नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७ को अधिनमा रही मुद्धती खातामा लगानी गर्न इच्छा देखाएको हो।

वाणिज्य बैंकहरुले आफूले दिन सक्ने ब्याजदर सहित भदौ २ गते सोमबार कार्यालयको एक घण्टा अगाडि नै आवश्यक कागजात सहित शिलवन्दी प्रस्ताव पेश गर्न सक्ने बोर्डले जानकारी गराएको छ।

यद्यपि बोर्डले मुद्धती निक्षेपमा कती लगानी गर्न सक्नेछ भन्ने कुरा खुलाएको छैन।

बैंकबाट प्राप्त शिलवन्दी भदौ २ गते ५ः१५ पछि बोर्डको कार्यालय जावलाखेलमा नै खोल्ने बोर्डले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *